आज मिति २०८२ श्रावण १५ गते बिहीबार आजको राशीफल

 

Workplace

मेष : स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आज आकस्मिक संकट आउनसक्ने छ ।

वृष : आजको दिन तपाईंलाई अर्थलाभ हुनेछ । व्यापारबाट आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ ।

मिथुन : धनलाभ र नयाँ सुखद खबरले तपाईंलाई खुसियाली हुनेछ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । कसैसँग विवाद नगर्नुहोला ।

कर्कट : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ ।

सिंह : सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईंलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ ।

कन्या : आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ ।

तुला : सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ ।

वृश्चिक :आजको दिन बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईंले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ ।

धनु : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम हुनेछ । कसैलाई पनि अपवचन नबोल्नु होला ।

मकर : ब्यापारबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ ।

कुम्भ : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ ।

मीन : बिहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला । काममा सकारात्मक सोच आउने छ । आजको दिन बिहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नती, प्रगति हुँदै जानेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?