डिप फेक अडियो प्रकरणमा रास्वपाका स्वर्णिम वाग्ले प्रहरीमा

काठमाडौं । ‘डिप फेक’ अडियो बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले निवेदन लिएर प्रहरीमा पुगेका छन् ।

Workplace

नेपाल–भारत सीमाबारे आफ्नो डिप फेक अडियो बनाइएको भन्दै कारबाहीका लागि वाग्ले बुधबार साइबर अनुसन्धान ब्युरो पुगेका हुन् ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित सीमाबारे संवाद गरेको जस्तो सुनिने अडियो आफ्नो नभएको भन्दै अनुसन्धानको माग गर्दै निवेदन दिएका हुन् ।

एसपी अवस्थीले भने, ‘‘वाग्लेले उक्त अडियोबारे मेरो होइन, अनुसन्धान गर्नुपर्‍यो भनेर उजुरी दिनुभएको छ । हामी अहिले विषय हेर्दैछौँ ।’’

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?