प्रतिनिधि सभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित

समाचार सारांश
Auto Generated by AI
  • प्रतिनिधि सभाको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक २०८३ सर्वसम्मतिले पारित भएको छ।
  • बालबालिकाको अधिकार र दुर्गमका विद्यार्थीलाई प्राथमिकतामा राखेर यो विधेयक ल्याइएको हो।
  • प्रतिनिधि सभाको अर्को बैठक आगामी असोज ६ गते दिउँसो १ बजे बस्नेछ।

काठमाडौ – प्रतिनिधि सभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ।

Workplace

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेकी उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन्।

उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन्।

तालिम लिन चाहने विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको उल्लेख गर्दै उनले विधेयकमा दूरदराजका विद्यार्थीका लागि तालिम र विकटका विषयलाई प्राथमिकतासहितका प्रावधान गरिएको बताइन्।

यसअघि विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गरेकी थिइन्।

प्रतिनिधि सभाको बैठक यही असोज ६ गते दिउँसो १ः०० बजे बस्ने छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?