icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

विप्लव निवासमा जनार्दन शर्मा र घनश्याम भूसालको भेट, नयाँ वाम ध्रुवीकरणबारे छलफल

२१ कात्तिक, काठमाडौं – नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल शुक्रबार बिहान नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न ललितपुरस्थित हरिसिद्धी पुगेका छन्।

Workplace

विप्लवको निवासमै भएको भेटघाटमा नेतात्रयबीच हालको राजनीतिक परिस्थिति, वाम आन्दोलनको दिशा र सम्भावित नयाँ ध्रुवीकरणका विषयमा विस्तृत छलफल भइरहेको स्रोतले जनाएको छ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच सुरु भएको एकता प्रक्रियाप्रति असन्तुष्ट नेताहरूबीच नयाँ राजनीतिक विकल्पको खोजी तीव्र बनेको छ। जनार्दन शर्मा र घनश्याम भूसाल दुवै जना पार्टी एकता प्रक्रियामा देखिएको सत्ता–केन्द्रित र अवसरवादी प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरू विचार, सिद्धान्त र संगठनात्मक स्पष्टतामा आधारित नयाँ वाम शक्ति निर्माणको आवश्यकता सार्वजनिक रूपमा उठाइरहेका छन्।

स्रोतका अनुसार, पार्टी विभाजनअघि नै शर्मा, राम कार्की र भूसालले विप्लवलगायतका नेताहरूसँग वैचारिक निकटता र साझा राजनीतिक एजेन्डाबारे अनौपचारिक छलफल गर्दै आएका थिए। आजको भेट त्यही संवादको निरन्तरता हो भन्ने बुझिएको छ।

छलफलमा अहिलेको सत्ता गठबन्धन, वाम आन्दोलनको भविष्य, र देशको समग्र राजनीतिक स्थायित्वका सवालमा पनि विचारविमर्श भइरहेको बताइएको छ।

पछिल्ला दिनहरूमा वाम दलहरूबीचको असन्तुष्टि बढ्दै गएको छ। त्यसैबीच विप्लव, शर्मा र भूसालबीचको यो भेट नयाँ वाम ध्रुवीकरणको सम्भावना बलियो बन्दै गएको संकेतका रूपमा देखन सकिन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?