icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

रुपेश यादवका दुई रचना : पढाइ–संगति र आमा–प्रतिको श्रद्धा

सुनसरी – देवानगञ्ज गाउँपालिका–५ का रुपेश कुमार यादवले आफ्ना भावनालाई शब्दमा कोरेर दुई ओटा कविता सार्वजनिक गरेका छन्। गाउँकै माटोमा हुर्किएका उनले शिक्षा र संगतको महत्वलाई एकातिर उठाएका छन् भने अर्कोतिर आमाप्रतिको श्रद्धा र माया झल्किने कविता लेखेका छ्न ।

उनका कविता  पढाइ र संगति

Workplace

पढाइ भनेको दीप हो, अँध्यारो चिर्ने घाम,
अज्ञानताको पर्दा फाल्ने, बनाउँछ जीवन राम।
शब्दहरूमा लुकेका छन्, सपनाका हजार रूप,
कलम चलाउँदा कोरिन्छ, भविष्यको सुन्दर रुप।

संगति भनेको बाटो हो, जहाँ हिँड्छ आत्मा सँग,
जसको प्रभावले तिमी बन्न सक्छौ रत्न वा भङ्ग।
सजिलो हो हराउनु, भीडको माया रमाइलो,
तर सही साथी पायौ भने, जीवन हुन्छ अनमोल।

पढाइ बिना सपना अधूरो, संगति बिना दिशा छैन,
ज्ञान र सल्लाह दुवै बिना, जिन्दगीमा नयां बिश्वास छैन।
जसरी नदी बग्छ चुपचाप, तर काट्छ पर्बत ठुला,
त्यसै गरी पढाइ र संगति, बनाउँछ मानिस ठुला।

समय जति बित्छ बितून्, कलम नछोड है हात,
र साथ छान साथी त्यस्तै, जसले देओ उज्यालो बात।
पढ र बढ, सोचेर संगत गर,
जीवन यही दुईमा अडिएको छ गर।

आमाप्रति सम्मान (छोराको मनबाट)

आमा तिमी भगवान्को रूप,
जीवनको हरेक पीडामा छौं स्वरूप।
तिम्रो माया, तिम्रो त्यो हाँसो,
छोराको लागि अनमोल खासो।

काखमा तिम्रो पाएँ शान्ति,
हाम्रो सम्बन्ध हो अतुलन शुद्ध सान्ति।
मेरो पहिलो शब्द ‘आमा’ थियो,
तिमी बिना संसार अधुरो थियो।

तिमी रोयौ, म मुस्काएँ,
तिमीले निन्द्रा गुमाई मलाई सुतायौ।
म तिमीलाई सम्मान गर्छु सधैं,
हृदयदेखि प्रेम गर्छु गहिरो गरी।

मेरो सफलताको पहिलो कारण तिमी,
जीवनपथमा तिमी मेरो गगनकी तारा हौ।
तिमी बिना जीवन के होला र आमा,
म सधैं रहन्छु तिम्रो आशिर्वादमा।

लेखक : रुपेश कुमार यादव
ठेगाना : देवानगञ्ज गा.पा–५, सुनसरी

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?