अमेरिकी अदालतको आदेशपछि सात हजार नेपालीको ‘टीपीएस’ संकटमा नेपाल फर्किनु प्रने संकेत

काठमाडौं । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनका पक्षमा आदेश दिँदै झण्डै सात हजार नेपालीसहित करिब ६० हजार आप्रवासीको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा तत्काल अन्त्य गर्न अनुमति दिएको छ ।

Workplace

यसअघि अमेरिकाको तल्लो अदालतले नेपालसहित मध्य अमेरिकी देशका नागरिकहरूले पाइरहेको टीपीएस सुविधा अदालती प्रक्रिया टुंगिएसम्म निरन्तर कायम गर्न आदेश दिएको थियो । तर, पुनरावेदन अदालतले उक्त आदेशलाई स्थगन गर्दै अब यो सुविधा तत्काल अन्त्य गर्न सकिने ठहर गरेको हो ।

नेपाल खोजखबरले प्राप्त जानकारी पाए अनुसार यससँगै नेपालका ७ हजार, होन्डुरसका ५१ हजार र निकारागुआका ३ हजार नागरिकको टीपीएस सुविधा आगामी सेप्टेम्बर ८ भित्र समाप्त हुने तय भएको बताएइको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पहिले नै नेपाली नागरिकको टीपीएस म्याद यही अगस्ट ५ सम्म मात्रै रहने घोषणा गरेको थियो । अदालतले पनि सो आदेशलाई अनुमोदन गरेपछि अब ती नेपाली आप्रवासीलाई देश निकाला गर्ने वा अन्य कानुनी विकल्प खोज्नुपर्ने परिस्थिति आएको छ ।

अदालतको आदेशमा डेमोक्र्याटिक राष्ट्रपति बिल क्लिन्टन, रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुस र डोनाल्ड ट्रम्पका नियुक्त न्यायाधीशहरूको सहमति छ । आदेशमा भनिएको छ, “जिल्ला अदालतले वादीहरूको आवेदन स्थगन गर्ने प्रस्ताव २०२५ जुलाई ३१ मा दिएको आदेशलाई यस अदालतको अर्को आदेश नआउन्जेलसम्मका लागि स्थगित गरिएको छ ।”

पोहिलो कुरा टीपीएस के हो त यो जान जरुरी छ सरल भाषामा तपाइँहरु लाई जानकारी गराउ  अमेरिकाको आप्रवासन प्रणाली अन्तरगत असाधारण परिस्थितिमा दिइने सुविधा हो, टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) । यो सुविधा पाएका मुलुकका नागरिकलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न र कहिलेकाहीँ अन्तरदेशीय यात्रा गर्न पनि अनुमति हुन्छ ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) अन्तर्गतको यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेस (USCIS) ले यो सुविधा व्यवस्थापन गर्छ । यसको वेबसाइटअनुसार, युद्ध, प्राकृतिक प्रकोप वा गम्भीर मानवीय संकटका कारण सामान्य जीवनयापन सम्भव नभएको देशका नागरिकलाई मात्र यो विशेष सुविधा दिइन्छ नेपाल खोजखबरको जानकारी अनुसार त्यसैलाई  टिपिएस भनिन्छ ।

नेपालमा गएको भूकम्पपछि अमेरिकी सरकारले अस्थायी रूपमा नेपालीलाई यो सुविधा दिएको थियो । तर, हाल पुनरावेदन अदालतको आदेशपछि नेपाली आप्रवासी पुनः अनिश्चिततामा परेका छन् । साथै अन्य देशका समेत उक्त आदेश पोछी अन्योल मै रहेका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?