काठमाडौं । लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल को छैटौं सिजनमा सिन्धुपाल्चोककी गंगा सोनाम विजेता बनेकी छन् । ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले ट्रफी आफ्नो नाममा लेखाएकी हुन् ।

विजेता बनेकी सोनामले नगद २५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई ट्रफी हस्तान्तरण गरेका थिए ।
यस सिजनमा बबिता थापामगर फस्ट रनरअप घोषित भइन् । उनले १० लाख रुपैयाँ, र दर्शना गान्धारी सेकेन्ड रनरअप भई ५ लाख रुपैयाँ पुरस्कार पाइन ।
अभिनय खाती चौथो बनेर १ लाख पाउँदा, मृनल मानन्धर पाँचौं भई त्यति नै नगद प्राप्त गरे ।
कार्यक्रममा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायकका रूपमा थिए भने आसिफ शाहले होस्ट गरेका थिए ।
यसअघि नेपाल आइडल को उपाधि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले जितिसकेका छन् ।
