icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

क्रीकेट प्रेमीको लागि खुशीको खबर भारत–पाकिस्तान तनावका कारण रोकिएको आईपीएल पुनः सुरु, हुने भएको छ ।  

नयाँ दिल्ली – भारत–पाकिस्तानबीचको बढ्दो तनाब र  राजनीतिक तथा कूटनीतिक तनावका कारण केही समयका लागि रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) अब पुनः सुरु हुने भएको छ। भारतीय क्रिकेट  बोर्ड  बीसीसीआईले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता १७ मे २०२५ देखि पुनः सुरु गरिने जानकारी दिएको हो।

Workplace

बीसीसीआईका अनुसार रोकिएको प्रतियोगिताका बाँकी खेलहरू नयाँ तालिका अनुसार सञ्चालन गरिनेछ। यसैगरी, आईपीएल २०२५ को फाइनल खेल २६ जुनमा आयोजना हुने तय गरिएको छ।

यसअघि, भारत–पाकिस्तान सीमामा भएको झडप र त्यसपछिका तनावपूर्ण घटनाक्रमका कारण देशको आन्तरिक सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगन गरिएको थियो। बीसीसीआई र केन्द्र सरकारले आपसी समन्वयमा सुरक्षाको मूल्याङ्कन गरेपछि प्रतियोगिता पुनः सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्।

आईपीएलका सुरुवाती चरणका केही खेलहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। बाँकी खेलहरू भने कडा सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न स्थानमा सञ्चालन गरिनेछ बताइएको छ ।

क्रिकेट  प्रेमी र  समर्थकहरू  रोकिएको प्रतियोगिता पुनः सुरु हुने भएपछि दर्शकहरू पुनः आफ्ना मनपर्ने टिमको समर्थन गर्न तयार  र उत्साहित छ्न ।

आइपिएलको नयाँ खेल तालिका 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?