काठमाडौंमा स्कुल बस दुर्घटना: २ जनाको मृत्यु, ४१ घाइते

काठमाडौं — काठमाडौंको दक्षिणकाली नगरपालिका–४ मा आइतबार दिउँसो विद्यार्थी बोकेको बस गहिरो खोंचमा खस्दा दुई जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्।

Workplace

दुर्घटनामा परेका घाइतेमध्ये ३५ वर्षीय बस चालक रामकृष्ण थापा मगर र ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। थापा मगरको दक्षिणकाली नगर अस्पतालमा र श्रेष्ठको ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ।

- Advertisement -Workplace

बा १ क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस विद्यालय छुट्टीपछि विद्यार्थीहरू बोकेर गन्तव्यतर्फ जाँदै गर्दा अपराह्न साढे ३ बजे सडकबाट १०० मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका अन्य विद्यार्थी र केही शिक्षकमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?