लुम्बिनी = आगामी कात्तिक १७ गते रुपन्देही ३ उपनिर्वाचका लागि रास्वपाबाट डा लेखजंग थापा निर्वाचित भएका छन् ।

प्राइमरी इलेक्सनमा निर्वाचित भएका उनी उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने भएका छ्न ।
उक्त रास्वपा उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका थिए । उनीहरुमध्ये थापाले रास्वपाको प्राइमरी इलेक्सनबाट आइतबार निर्वाचित भए सङै उनी आगनी निर्वाचनको लागि छनोट भएका हुन ।
आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन हुँदैछ । अन्य कुनै पनि दलले हालसम्म उम्मेदवार टुंगो लगाएका छैनन् ।
डा. थापा पेशाले वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् । डा. थापाले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् ।
उनले कास्कीको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका हुन् । साथै डा. थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।
इनै हुन डा लेखजंग थापा निर्वाचित भएका ब्याक्ती

