४० वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

सर्लाही, =  सर्लाहीका ४० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादी राजु सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

Workplace

प्रहरीले दिएको जानकारी अनुसार धुपकली देवीको जाहेरीको आधारमा नेपाल सरकार वादी रहेको कर्तव्य ज्यान मुद्दामा ५६ वर्षीय राजु सिंह २० वर्षको कैद सजाय भोग्दै आएका थिए। उनी रौतहट जिल्लाको ब्रहम्पुरी गाउँपालिका वडा नं. ०९ निवासी रत्नेश्वर प्रसाद सिंहको छोरा हुन्।

सिंह ४० वर्षदेखि फरार थिए र हाल सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं. ४ सुन्दरपुरमा धर्म र नाम परिवर्तन गरेर लुकीछिपी बसिरहेका थिए। प्रहरी टोलीले तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र अन्य सुरक्षा निकायको सहयोगमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ परेको राजु सिंहलाई रौतहट जिल्ला अदालतमा पेश गरिएको छ र फैसला कार्यान्वयनको लागि कारवाही अगाडि बढाइएको प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. दिपक श्रेष्ठले नेपाल खोजखबरलाई जानकारी दिएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?