काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली अहिले बिहान चीन जाँदै हुनुहुन्छ । चीनको तियानजिनमा हुने सांघाई सहयोग सङ्गठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन उहाँ चीन जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमा चीन जान जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजदेखि बुधवारसम्म हुने चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले हिजो प्रतिनिधिसभा बैठकलाई जानकारी गराउनुनभएको छ ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका चीन र रुसका राष्ट्रपतिसहित छ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ताको गर्नुहुनेछ । उहाँले पर्सि १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि एससीओको सम्मेलनमा सहभागी हुन चीन जाँदै हुनुहुन्छ । मोदीसँगको भेटवार्ताबारे भने प्रधानमन्त्रीले जानकारी गराउनुभएको छैन ।
