अनिल नेपाली

काठमाडौ – लुम्बिनी प्रदेशकाे हिमाली जिल्ला रूकुक पुर्वका समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीले १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस रुकुमपूर्वमा यसपालि विशेष रूपले मात्र नभई आत्मसम्मानको अनुभूति दिलाउने दिनका रूपमा यसलाई अर्थ दिन सफल भएका छन्।

सकारात्मक र रचनात्मक काम गदै जिल्लामा उल्लेखनीय काम गदै आएका अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष समेत रहेका रसाईलीले खाबाङ बगरदेखि महतसम्म सडक मर्मतमा खटिएका श्रमिकहरू र भूमे–६, महत क्षेत्रमा निर्माणाधीन युद्ध फिचरमा संलग्न मजदुरहरूप्रति गहिरो कदर प्रकट गर्दै विशेष सम्मान कार्यक्रमको आयोजना गर्नुभयो।
कार्यक्रममा बोल्दै रसाईलीले श्रमको सम्मान र मूल्याङ्कन राज्यको नीति, व्यवहार र मानसिकताको अभिन्न अंग हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “महिला–पुरुषको श्रम बराबर भए पनि व्यवहारमा विभेद कायमै छ।
अब यो सोच परिवर्तन गर्नैपर्छ, श्रमिकमाथि सम्मानपूर्वक व्यवहार गरिनुपर्छ।”
श्रमिकहरूका अनुहारमा उत्साह देखिन्थ्यो।भूमे–६ का श्रमिक डम्बर ओलीले भने, “चन्द्र रसाईलीजस्तो नेतृत्व विरलै पाइन्छ। उहाँको व्यवहारले हामीले गरेको श्रमको सम्मान महसुस भयो।”त्यस्तै, खाबाङ–महत सडक खण्डमा कार्यरत ठकबहादुर पुनले समाजमा श्रमको मात्र होइन, श्रमिकको आत्मसम्मान सुनिश्चित गरिनु आवश्यक रहेको बताए।

यो कुनै एक दिने कार्यक्रम मात्र थिएन। रसाईली यसअघि पनि अपांग, घाइते, सहिद परिवार, एकल महिला र उत्पीडित समुदायका लागि सक्रिय रूपमा लागिरहनुभएको छ।
उहाँको सेवा, समर्पण र निरन्तर प्रयासले रुकुमपूर्वमा सामाजिक न्याय र समानताको भावना गहिरिँदै गएको स्थानीयवासीहरूको भनाइ छ।श्रमिकको पसिना देश बनाउने आधार हो भन्ने बुझाइ बोकेका चन्द्र रसाईलीजस्ता युवा नेताले आजको समाजमा परिवर्तनको आशा जागृत गराइरहेका छन्
