icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

उपसभामुखविरुद्ध महाभियोग  ल्यए  प्रतिपक्षी दलहरूको सशक्त प्रतिरोध गर्ने चेतावनी 

काठमाडौं – सत्तारूढ दलले उपसभामुख इन्दिरा राना मगरमाथि महाभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको सूचनापछि विपक्षी दलहरूले त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन्।

Workplace

प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले महाभियोगका लागि हस्ताक्षर अभियान थालेपछि विपक्षी दलहरू एकजुट भई छलफलमा बसेका हुन्।

बैठकपछि नेताहरूले सत्तापक्षको कदम संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको आक्रमण भएको ठहर गर्दै त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।

नेकपा (एकीकृत समाजवादी)का उपनेता राजेन्द्र पाण्डेले संवैधानिक परिषद्‌मा बहुमत नपाएपछि सत्ता गठबन्धनले उपसभामुखलाई हटाउन खोजेको आरोप लगाए।
“इन्दिरा राना मगरलाई हटाएर कांग्रेसको मान्छे ल्याएर बहुमत बनाउन सकिन्छ भन्ने तल्लो र छुद्र स्वार्थका लागि गरिएको खेल हो यो। यस्तो प्रयासलाई कुनै हालतमा सफल हुन दिने छैनौं,” पाण्डेले भने।

यस्तै, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारूढ दलले विधायिकालाई कमजोर बनाउन गरेको प्रयत्नको साझा प्रतिरोधका लागि बैठक बसेको बताए।
“कांग्रेस–एमालेको कदम राष्ट्र र लोकतन्त्रका लागि घातक छ। सबै विपक्षी दल मिलेर यसको प्रतिवाद गर्ने निर्णय गरेका छौं,” उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक सन्तोष परियारले यो कदमलाई “राजनीतिक षड्यन्त्र” को संज्ञा दिएका छ्न ।
“संसद्‌ र व्यवस्थामाथि आक्रमण भइरहेको छ। हस्ताक्षर अभियान उपसभामुखलाई मात्र हटाउने होइन, अरु राजनीतिक चलखेलका लागि पनि प्रयोग हुनसक्छ। त्यसैले यसको सशक्त प्रतिरोध गर्ने सहमति भएको छ,” परियारले भने।

बैठकमा सहभागी नेताहरूले सरकारको यो कदमलाई सर्वसत्तावादतर्फ धकेल्ने प्रयासको रूपमा चित्रित गर्दै लोकतान्त्रिक प्रणाली जोगाउन संयुक्त रूपमा प्रतिवादमा उत्रने घोषणा गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?