अर्जुन थापा नयाँ दिल्ली। नेपाली समुदायले भारतको राजधानी नयाँ दिल्लीमा पहिलो पटक परम्परागत नेपाली सांस्कृतिक नृत्य ‘सराय नाच–२०८२’ भव्यरूपमा सम्पन्न गरेको छ। त्रयोदशीका दिन आयोजना गरिएको यस विशेष कार्यक्रममा सयौँ नेपाली दाजुभाइ दिदीबहिनीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।


कार्यक्रममा सहभागीहरूले नयाँ र रंगीचंगी परम्परागत पहिरनमा सजिएर हातमा खुँडा, तरवार, भाला, ढाल, र रुमाल समात्दै “वाख्खै हो, वाख्खै हो” भन्दै सनाई र बाजाको तालमा आकर्षक प्रस्तुतिहरू दिएका थिए। यो नृत्य शैलीलाई नेपालका विभिन्न स्थानहरूमा सत्यको विजय र धार्मिक उत्सवको प्रतीकका रूपमा मनाइने गरिन्छ।

कार्यक्रममा सराय नाचसँगै नेपाली लोक संस्कृतिका अन्य झाँकी र गीत–संगीत प्रस्तुतिहरू पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्मको उपस्थिति देखिन्थ्यो, जसले नेपाली एकता र संस्कृति प्रती प्रति यहाँको समुदायको गर्व झल्काउने काम गरि रहेको थियो।
संयुक्त आयोजक समितिका प्रतिनिधिहरूले दिल्लीमा पहिलो पटक यस्तो मौलिक नेपाली कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाउँदा खुशी व्यक्त गर्दै भने, “हाम्रो उद्देश्य नेपाली संस्कृतिलाई नयाँ पुस्तामा पुनर्जीवित गर्नु र विदेशमा पनि आफ्नो पहिचान जोगाइराख्नु हो। पहिलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएकोमा हामी सबै सहभागीप्रति धन्यवाद व्यक्त गर्न चाहन्छौं,”

आयोजकहरूले आगामी वर्षहरूमा अझ व्यवस्थित र आकर्षक रूपमा यसलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन्।
“पहिलो कार्यक्रममा केही कमी कमजोरी देखिएका छन्, तर ती सुधार गर्दै अर्को वर्ष अझै भव्य रूपमा आयोजना गर्ने तयारीमा छौं,” आयोजक समितिले जनाएको छ।
उपस्थिति धेरै जाना लाइ यो सराय नाच कस्तो लाग्दै छ भने मेरो प्रश्नमा ?
धेरै सहभागीले गाउँको माया दिल्लीमा हाँस्दै भने, “आज त यस्तो लाग्यो, दिल्ली होइन, आफ्नै गाउँको चोकमा दशैंको मेला लागेको हो।” र तेसैको मेला मा हामी पनि उपस्थित छौ ।
उक्त भनाइले सम्पूर्ण कार्यक्रमको भाव व्यक्त गरे जस्तो लाग्थ्यो —देश पर भए पनि परम्परा र संस्कृति कहिल्यै मर्दैन। दिल्लीको भूमिमा यस वर्ष सराय नाचले नेपालीपनलाई झनै उज्यालो बनायो र धेरै जाना थाहा नभएको हरु लाई पनि आफ्नो संस्कृति प्रति जागरुक बनायो ।
उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल खोजखबर डट कमले गरेको थियो उक्त लाइभ यहाँ हेर्न सक्नु हुन्छ ।
https://www.facebook.com/share/v/1CVvEYgBho/
कार्यक्रममा स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता, विद्यार्थी संचार कर्मी तथा विभिन्न पेशामा संलग्न नेपालीहरू उपस्थित रहेका थिए। सराय नाच–२०८२ ले दिल्लीस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाएको र नेपाली संस्कृतिप्रतिको माया झन् बढाएको सहभागीहरूले बताएका छन्।
यस्तै संस्थाका केही प्रतिनिधि हरुको भनाइ लाई पनि हामी सके सम्म रिपोर्टमा समाटेका छौ उक्त भनाइ यहाँ राखदिएका छौ हेर्न सक्नु हुन्छ । https://www.facebook.com/share/v/1BeKbo5hzi/


