
- कपिलवस्तुको शुद्धोधनमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
- उपचारका क्रममा तौलिहवा अस्पतालमा उनीहरूको मृत्यु भएको हो र हालसम्म परिचय खुलेको छैन।
- प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
कपिलवस्तु – कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृ´त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शुद्धोधन गाउँपालिका–६ बिपियामा गएराति करिब १२:१५ बजे भएको दु`र्घ`टनामा मोटरसाइकलमा सवार दुई जनाको उपचारका क्रममा मृ`त्यु भयको जानकारी दिय ।
नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लुम्बिनी प्रदेश ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको हो ।
दु`र्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तौलिहवा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरूको मृ´त्यु भएको हो ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घ´ट´ना पछि बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
