“प्रिय बालेन, नेतृत्व लेऊ वा कहिल्यै नलेऊ” : जेन-जीको दबाब

काठमाडौँ — काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लाई नेतृत्व लिन जेन-जी पुस्ताले दबाब दिएका छन्। सोमबार बिहान माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन संसद भवनअगाडि पुग्दा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली प्रहार गरी भिड तितरबितर गरेको छ। भिड नियन्त्रणका क्रममा कम्तीमा १५ जनाको मृत्यु  भएको छ ।

Workplace

आन्दोलनकारीहरूले सामाजिक सञ्जालमाथि सरकारले लगाउन खोजेको नियन्त्रण, बढ्दो भ्रष्टाचार र राजनीतिज्ञका सन्तानले देखाएको विलासी जीवनशैलीबारे प्रश्न उठाएका छन्। आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक र एक्समा “प्रिय बालेन, अहिल्यै नेतृत्व लेऊ वा कहिल्यै नलेऊ” भन्ने सन्देश व्यापक ट्रेन्डिङमा पुगेको छ।

राजधानीबाहेक चितवन, कास्की, इटहरी, बुटवल, झापा लगायतका प्रमुख सहरमा पनि जेन-जीले प्रदर्शन गरेका छन्। सुरुमा शान्तिपूर्ण भनिएको आन्दोलन धेरै ठाउँमा झडपमा परिणत भएको छ।

आन्दोलनको घोषणापछि बालेनले सामाजिक सञ्जालमार्फत समर्थन जनाउँदै आफू उमेर हदका कारण प्रत्यक्ष सहभागी हुन नसक्ने बताएका थिए । उनले युवाहरूलाई शान्तिपूर्ण ढंगले आफ्नो आवाज बुलन्द गर्न आह्वान गरेका थिए । तर सामाजिक सञ्जालमा फैलिएको नेतृत्वका लागि दबाबपछि बालेन अब कुन कदम चाल्छन् भन्ने चासो बढेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?