icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

“दिल्लीको कठोरता छाड्दै भारत, नेपालसँग नयाँ पाना पल्टाउने तयारी”

काठमाडौं – भारत–नेपाल सम्बन्ध नयाँ मोडतर्फ उन्मुख भएको स्पष्ट संकेत देखिन थालेको छ । दक्षिण एसियाली भू–राजनीतिक परिस्थिति, विश्वव्यापी ध्रुवीकरण र आन्तरिक दबाबका कारण भारत अहिले आफ्नो विदेश नीति पुनरावलोकन र छिमेक नीति परिमार्जन गर्न बाध्य भएको छ । त्यसको प्रत्यक्ष प्रतिबिम्ब भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको काठमाडौं आगमन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निमन्त्रणामा देखिएको छ ।

Workplace

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने निश्चित भएको छ । भ्रमण दुई वा तीन दिनको हुने अनुमान गरिएको छ । नेपाल पक्ष छोटो र औपचारिक भेटवार्तामै सीमित राख्न चाहन्छ भने भारतले यसलाई बढी औपचारिकता र समय विस्तार दिन चाहेको बताइएको छ । भ्रमणको अवधि चार दिन नभए पनि कम्तीमा तीन दिन बनाउनुपर्ने चाहना भारतले प्रधानमन्त्री ओलीसमक्ष खुलस्त राखेको ओलि निकट एक नेताले नेपालखोजखबर ड्ट कम लाई बताएका छ्न ।

भारतले यसपटक दिल्लीमा होइन, बोधगयामा ओलीसँग उच्चस्तरीय वार्ता गर्ने निर्णय गरेको छ । दिल्लीको अनुदार र दमनकारी छवीबाट पर हुँदै बुद्धले ज्ञान प्राप्त गरेको बोधगयामा संवाद गर्ने तयारीलाई भारतले नयाँ सन्देशको रूपमा प्रस्तुत गर्न खोजेको बुझिन्छ । विगतमा बुद्धको जन्मस्थलसम्बन्धी भारतको भ्रामक प्रचारले दुई मुलुकबीचको सम्बन्धमा चीसोपना ल्याएको थियो । अब सो त्रुटिलाई सच्याउने संकेत भारतले दिन खोजेको देखन सकिन्छ ।

प्रधानमन्त्री ओलीले विदेशसचिव मिश्रीसँगको भेटवार्तामा भारतले व्यापार र पारवहनमा खडा गर्दै आएको अवरोध हटाउन स्पष्ट माग राख्नुभएको बुझिन्छ । मिश्रीले यसबारे भारत सकारात्मक रहेको आश्वासन दिएका छन् । यही कारण प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई ‘खुसी  ल्याण्डिङ’ र ‘खुसी  इन्डिङ’ हुने एमाले पार्टी र नेपाल सरकार  र सम्पुर्ण नेपालीले यहीँ आकलन गरेको अनुमान गर्न सकिन्छ ।

भारतले पछिल्लो समय छिमेकसँगको सम्बन्धमा पुनर्समीक्षा गर्नुपर्ने बाध्यता महसुस गरेको छ । पलगाम आतंकबादी हमाल पाकिस्तान सङ्ग अपरेसन सिंदुर र  बंगलादेशमा सरकार परिवर्तन, पाकिस्तानसँगको तिक्तता र अन्तर्राष्ट्रिय दबाबले भारतलाई अझै बढी रक्षात्मक बनाएको छ । यसैबीच नेपालसँगको सम्बन्धलाई नयाँ ढाँचामा लैजान खोज्नु पनि त्यही रणनीतिक पाटो हो भने बुझन सकिन्छ ।

नेपालका दृष्टिकोणले विगतमा भारतले बारम्बार दबाबमा पारेर सम्झौता गराउने तर नेपालको हित हुने अवस्थामा त्यसको कार्यान्वयनमै अवरोध गर्ने प्रवृत्ति देखाएको अनुभव छ । ओली नेतृत्वमा बनेको वर्तमान गठबन्धन भारतको इच्छा विपरीत बनेको सर्वविदित सबैलाई थाहा  छ । यही कारण भारत र ओलीबीचको सम्बन्धमा चिसोपना रहँदै आएको थियो । तर वर्तमान सन्दर्भले भारत आफैंलाई सच्याउन बाध्य भएको संकेत दिन्छ ।

धेरैको गुनासो र चाहाना प्रश्न थियो केपि ओलि भारत किन गयन्न र भारतले निमन्त्रणा किन दिएन भने तर  ओलीले भने जहिले पनि भारतलाई काउन्टर दिँदै आएका  थिए भारतको इच्छा र चाहना विपरित वर्तमान गठवन्धन बनेको र केपी ओली सत्तारुढ भएको सबैलाई थाहा नै थियो । यही कारण भारतले ओलीलाई भ्रमणको निम्तो नै दिएको थिएन भने ओलीले पनि भारतलाई इग्नोर गर्दै आइरहेका थिए यो  नेपाल  ओलि सरकार र  भारतीय मोदि  सरकारको अडान थियो तर अहिले दुबै देशको प्रस्थिती र  बदलिँदो राजनीतिले यो अवस्थामा ल्याएको सजिलैसँग  आकलन गर्न सकिन्छ ।

विगतमा नेपालमा नयाँ प्रधानमन्त्री आउनासाथ भारत भ्रमण गर्ने परम्परा थियो । नेपालका प्रधानमन्त्रीले भारतको पहिलो भ्रमण नगरेर चीन या अन्य देशको भ्रमण नगरुन् भन्ने भारतको चाहना र दवाव हुने गरेको पाइन्छ र जानकार पनि यहीँ बताउछन्  । पुष्पकमल दाहाल प्रचण्डले भारतको भ्रमण नगरी चीनको पहिलो भ्रमण गर्दा माफी समेत माग्नुपरेको थियो ।

यसरी हेर्दा, प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण केवल औपचारिक भेटघाट मात्र नभई नेपाल–भारत सम्बन्धमा नयाँ पानाको सुरुवात गर्ने अवसर बन्न सक्नेछ । छिमेकसँग विश्वास र इज्जतको व्यवहार गर्ने संस्कार भारतले अब पनि नअंगालेमा नेपालले आफ्नो विकल्प खोज्नुपर्ने वाध्यता कायमै रहने देखिन्छ  । तर यसपटक देखिएको संकेतलाई वास्तविकतामा रूपान्तरण गर्न सके, नेपाल–भारत सम्बन्धले नयाँ दिशा पाउन सक्नेछ धेरै सम्भावना देखन सकिन्छ ।

तर प्रश्न के छ भने – भारतले विगतको ढुलमुल र दबाबमूलक नीति सच्याएर नेपाललाई समान सम्मानका आधारमा व्यवहार गर्छ कि गर्दैन? नेपालले विगतको अनुभव बिर्सनुहुन्न, भारतले नयाँ पाना पल्टाउने हो भने त्यो व्यवहारमै देखिनुपर्नेछ नत्र यसको कहि औचित्य रहने छैन ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण केवल कूटनीतिक शिष्टाचार मात्र  नभएर , दुई देशबीच सम्बन्ध सुधारको निर्णायक अवसर  हो भने बुझनु प्रने छ । भारतले विगतमा गरेको त्रुटि सच्याएर छिमेकलाई बराबरीको सम्मान दिने संस्कार अंगाल्न सके मात्रै यो भ्रमण सार्थक हुनेछ । नत्र, यसलाई पनि पुरानै नीतिको निरन्तरता भनेर इतिहासले दर्ज गर्नेछ ।हेरौ उक्त भ्रमण पोछी पुनः हामी यसै बिषयमा  विश्लेषण गरि नयाँ अपडेट लियर आउने छौ तब सम्म हाम्रो पेज सङ्ग फलो लाइक गरि जोडिनु होला ।

( लेखक सामाजिक कार्यकर्ता एवं पत्रकार अर्जुन थापा हुन उनले विभिन्न विषयवस्तुमा आधारित आफ्नो कलम चलाइरहेका हुन्छन् ) 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?