मोरङको उर्लाबारी र मिक्लाजुङमा ५ ट्याक्टर नियन्त्रणमा

समाचार सारांश
Auto Generated by AI
  • मोरङका विभिन्न खोलाबाट अवैध रूपमा ढुंगा र बालुवा निकाल्ने ५ वटा ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
  • नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई स्थानीय पालिकाको कार्यालयमा आवश्यक कारबाहीका लागि राखिएको छ।
  • सीमा नाकाबाट भन्सार छली ल्याइएको साढे चार लाख मूल्य बराबरको अवैध सामग्री पनि प्रहरीले बरामद गरेको छ।

काठमाडौ – खोलाबाट अवैध रूपमा ढुंगा, गिटी र बालुवा निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी मोरङले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

Workplace

सशस्त्र प्रहरी बल कंकालिनीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार सोमबार बेलुकी मोरङको उर्लाबारी नगरपालिकास्थित सुनझोडा खोला, मावा खोला र मिक्लाजुंग गाउँपालिकास्थित बक्राहा खोलाबाट ढुंगा, गिटी र बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

सुनझोडा खोलाबाट प्रदेश नं १-०४-००१ त ०३४२ नम्बरको ट्याक्टरलाई ढुंगा लोड गरी निस्कँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । उर्लाबारी नगरपालिका-१ स्थित मावा खोलामा प्रदेश नं १-०२-००३ त १३५५ नम्बरको ट्याक्टरलाई बालुवा उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

मिक्लाजुङ गाउँपालिकाको मलामी टहरास्थित बक्राहा खोलाबाट मे १ त ४७७६, मे १ त ५३३२ र प्रदेश नं. १-०२-००३ त १३ नम्बरको ट्याक्टरलाई समेत बालुवा, ढुंगागिटी निकालेर लोड गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको उर्लाबारीस्थित सुरक्षा बेशबाट खटिएको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मोरङका प्रमुख भण्डारीले जानकारी दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टर उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको कार्यालयमा राखिएको छ । यसैगरी सशस्त्र प्रहरी बलको टोलीले मोरङका विभिन्न सीमानाकामा भारततर्फबाट भन्सार छलि गरी भित्रिएका ४ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सामग्री बरामद गरेको छ । अवैध रुपमा भित्रिएका फलफूल, लत्ताकपडा, कस्मेटिक, मेशिनरी सरसमानदेखि किराना पसलका सामग्री सशस्त्र प्रहरीको टोलीले बरामद गरी विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?