कुवेतमा विषाक्त मदिरा सेवन काण्ड : १३ आप्रवासीको मृत्यु, बिमारी लाई उपचारपछि देश निकाला गरिने 

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा १३ आप्रवासी कामदारको मृत्यु भएको छ भने ६३ जना अस्पतालमा उपचाररत छन्। अस्पतालमा उपचारपछि उनीहरूलाई पक्राउ गरी देश निकाला गरिने भएको कुवेती सञ्चारमाध्यमहरूले जनाएका छन्।

Workplace

मृत्यु, अन्धोपन र गम्भीर अवस्था मेथानल मिसिएको विषाक्त मदिरा सेवनपछि १३ जनाको मृत्यु भइसकेको छ। ६३ जना अझै अस्पतालमा उपचाररत छन्, जसमा करिब ३१ जनालाई भेन्टिलेसन र ५१ जनालाई किड्नी डायलाइसिस आवश्यक परेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। २१ जनाले स्थायी रूपमा दृष्टि गुमाइसकेका छ्न ।

अस्पतालमा भर्ना भएकामध्ये करिब ४० जना भारतीय नागरिक रहेको भारतीय दूतावासले पुष्टि गरेको छ। अन्य पीडितहरूमा नेपाली, बंगलादेशी र विभिन्न एशियाली मुलुकका आप्रवासी सामेल भएको अनुमान गरिएको छ।

उक्त घटना उपचारपछि पक्राउ, गरिने तयारि  पुनः प्रवेशमा प्रतिबन्ध लगाइने बताइएको छ  कुवेतमा मदिरा उत्पादन, सेवन तथा बिक्री पूर्ण रूपमा प्रतिबन्धित छ। त्यहाँको कानुनअनुसार मदिरा सेवन प्रमाणित भएमा विदेशी कामदारलाई तुरुन्तै देश निकाला (डिपोर्ट) गरिन्छ र पुनः प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइन्छ।

सुरक्षा अधिकारीहरूले विषाक्त मदिरा सेवन गरेर अस्पतालमा उपचाररत आप्रवासीहरूलाई डिस्चार्जसँगै पक्राउ गर्ने र आवश्यक अनुसन्धानपछि डिपोर्ट गर्ने तयारी गरेका कुवेत सरकारले जनाएको छ ।

कडाइका साथ अभियान  प्रथम उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद अल–युसेफ अल–सबाहको निर्देशनमा र नागरिकता तथा आवास विभाग प्रमुख ब्रिगेडियर जनरल फवाज अल–रौमीको प्रत्यक्ष निरीक्षणमा पछिल्लो समय व्यापक अभियान सञ्चालन भइरहेको छ। यसअघि पनि अवैध मदिरा उत्पादन, सेवन तथा जुवाजस्तै गैरकानूनी कार्यमा संलग्न ३० भन्दा बढी आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको थियो।

उक्त घटना पोछी नेपाली समुदायमा चिन्ता  हाल कुवेतमा करिब १ लाख ६० हजार नेपाली कार्यरत छन्। विषाक्त मदिरा सेवनको घटनाले नेपाली कामदारको छविमा नकारात्मक असर पार्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएन) कुवेतले आप्रवासी नेपालीलाई मदिरा सेवन, उत्पादन वा बिक्रीजस्ता गैरकानूनी गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिएका छन्। दूतावासका अनुसार हाल कुवेतका जेलमा रहेका नेपालीमध्ये आधाभन्दा बढी लागूऔषध वा रक्सीसम्बन्धी मुद्दामा कैद रहेको जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?