अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन सकेन

समाचार सारांश
Auto Generated by AI
  • पाकिस्तानमा भएको अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ता बिना कुनै ठोस सहमति टुंगिएको छ।
  • इरानको आणविक कार्यक्रम र क्षेत्रीय तनावबारे दुवै पक्षले आ-आफ्ना अडान कायमै राखेका छन्।
  • वार्ता असफल भए पनि संवादको ढोका खुलेको छ तर मध्यपूर्वमा तनाव कायमै रहने देखिएको छ।

अमेरिका र इरानबीच पाकिस्तानमा सम्पन्न उच्चस्तरीय शान्ति वार्ताबाट कुनै ठोस सहमति हुन नसकेको बीबीसीले जनाएको छ ।

Workplace

पाकिस्तानको मध्यस्थतामा झन्डै २१ घण्टा लामो वार्तापछि अमेरिकी टोली अब पाकिस्तान छोड्ने तयारीमा रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उपराष्ट्रपति भ्यान्सले अमेरिका ‘सद्भावका साथ’ वार्तामा सहभागी भए पनि इरानबाट आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ । इरानले आणविक हतियार विकास नगर्ने र त्यसका लागि आवश्यक साधनहरू नखोज्ने ठोस प्रतिबद्धता चाहिएको भए पनि अहिलेसम्म त्यो नदेखिएको उहाँको भनाइ छ ।

यसैबीच इरानी विदेश मन्त्रालयले वार्तालाई सकारात्मक भन्दै अमेरिकालाई आफ्ना अत्यधिक माग अघि नसार्न आग्रह गरेको छ । इरानले आफ्ना “वैध अधिकार र हित” स्वीकार गर्नुपर्नेमा जोड दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामले खासै फरक नपर्ने टिप्पणी गर्दै ‘जे भए पनि हामी जित्छौँ’ भन्ने प्रतिक्रिया दिनुभएको छ । वार्ताको मुख्य केन्द्रबिन्दु इरानको आणविक कार्यक्रम, हर्मुज जलमार्ग खोल्ने र क्षेत्रीय तनाव अन्त्य गर्ने विषयहरू थिए ।

यसै क्रममा अमेरिकी सेनाले हर्मुजमा नौसैनिक गतिविधि बढाएको जनाएको छ, यद्यपि इरानले त्यसलाई अस्वीकार गरेको छ । यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्धको अभियान अझै नसकिएको सङ्केत दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  उहाँले लेबनानसँग दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए पनि इरानविरुद्ध ‘अझै धेरै गर्न बाँकी रहेको’ पनि उल्लेख गरेको खबरमा उल्लेख छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानको शान्तिको प्रयासको प्रशंसा गर्दै वार्ताको असफलतामा उनीहरूको कुनै कमजोरी नभएको बताउनुभएको छ । यो ऐतिहासिक वार्ताले संवादको ढोका खुला राखे पनि तत्काल कुनै सहमति नजुट्नुले मध्यपूर्व क्षेत्रमा तनाव कायमै रहने सङ्केत दिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?