icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पीएचडीका लागि पहिलो नम्बरमा छनोट

काठमाडौं – पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा पीएचडीका लागि पहिलो नम्बरमा छनोट भएका छन्।
विभागीय नियमअनुसार एमफिलबाट प्रत्यक्ष पीएचडीमा पाँच जना मात्रै भर्ना गर्न सकिने व्यवस्था छ। त्यसअनुसार ग्रेडिङ हेर्दा पाण्डेको नाम पहिलो नम्बरमा परेको विभागीय प्रमुख पासाङ शेर्पाले जानकारी दिए।

Workplace

शेर्पाका अनुसार पाण्डे एमफिल अध्ययनमा नियमित कक्षामा उपस्थित हुने, समयमै असाइनमेन्ट बुझाउने र अध्ययनमा अनुशासित हुने विद्यार्थीको रुपमा उत्कृष्ट देखिएका थिए। त्यसैले उनी प्रत्यक्ष पीएचडी थेसिस गर्ने अवसर पाएका हुन्।

यसैगरी, पाण्डेसँगै उनकी श्रीमती पूर्णशोभा चित्रकार पनि पीएचडीका लागि छनोट भएकी छन्। उनको नाम तेस्रो नम्बरमा परेको छ। अन्य छनोटमा दोस्रो नम्बरमा हेलिना राई र चौथो नम्बरमा गोपाल राना परेका छन्।

६५ वर्ष नजिक पुगिसकेका पाण्डेले व्यस्त राजनीतिक जीवनसँगै उच्च शिक्षा हासिल गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्। उनले शिक्षा हासिल गर्न उमेर बाधक नहुने र मेहनत तथा लगन भएमा कुनै पनि लक्ष्य प्राप्त गर्न सकिने  रहेछ भने गतिलो उदाहरण पेस गरेका छ्न ।

हुन त पोछिलो समयमा हामी धेरै जाना उमेर पुगेका तर पडन नपाएको र पडाइमा रुचि भएकाले १२ र एसएलसी मा भाग लिएको समाचार पडिरहेको बेला एक पुर्व मन्त्री अनि एक नेपाली राजनीति पार्टीको उपाध्यक्ष जस्तो पदमा भएर पनि उनले यसरी नाम निकाल्नु धेरैको लागि प्रेरणा मिल्न सक्छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?