icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

दलीय गठबन्धन हराउँदै स्वतन्त्र उम्मेदवार भुसाल विजयी

अर्घाखाँची – सन्धिखर्क साना शहरी खानेपानी सरसफाइ आयोजनाको निर्वाचनमा स्वतन्त्र समूहको दबदबा, मुख्यमन्त्रीको गृहनगरमै गठबन्धन पराजित।

Workplace

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको गृह नगर भएकाले विशेष चासोका साथ हेरिएको सन्धिखर्क नगरपालिकास्थित साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाको निर्वाचनमा एमाले–कांग्रेस गठबन्धन पराजित भएको छ । मंगलबार सम्पन्न भएको निर्वाचनमा स्वतन्त्र समूहका उम्मेदवारहरूले अपेक्षाकृत उत्कृष्ट प्रदर्शन गर्दै प्रमुख पदहरूमा विजय हासिल गरेका छन् ।

अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल ५६३ मत ल्याएर विजयी भए । गठबन्धनका साझा उम्मेदवार युवराज खत्री ४४३ मतमा सीमित रहे । भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन रहेको थियो ।

बरिष्ठ उपाध्यक्षमा स्वतन्त्रबाटै उम्मेदवार बनेका बेदराज घिमिरे ५१८ मतसहित विजयी भए । उपाध्यक्षमा भने गठबन्धनका भेषबहादुर क्षेत्री ४७१ मतका साथ निर्वाचित भए । सचिवमा गठबन्धनकै गोपाल (जीवलाल) पौडेल ४७४ मत ल्याएर विजयी बने, भने कोषाध्यक्षमा स्वतन्त्र समूहकी सरिता महत क्षेत्री ४७७ मतसहित विजयी भइन् । सहसचिवमा गठबन्धनकी कल्पना पोख्रेल ४६१ मतका साथ विजयी भइन् ।

सदस्यतर्फ गठबन्धनका नवीन सुनार (५१२), कमला अर्याल (४९४) र मतिलाल खनाल (५१६) विजयी भए।

लेखा समितिमा संयोजकका रूपमा गठबन्धनकी सुनिता बेल्वासे ४१२ मतसहित विजयी भइन् । लेखा सदस्यतर्फ कमल ढकाल (५२९) र ज्ञानबहादुर बि.क. (४६०) पनि गठबन्धनकै तर्फबाट विजयी भए।

यस निर्वाचनलाई स्थानीय राजनीतिको संकेतकका रूपमा हेर्नैपर्ने जनप्रतिनिधि, स्वतन्त्र नागरिक, पत्रकार तथा बुद्धिजीवीहरूको प्रतिक्रिया छ । साधारण उपभोक्ता संस्था भए पनि जनताले अत्यधिक चासोका साथ सहभागिता जनाएको तथा परिणामले अर्घाखाँचीको आगामी राजनीतिक गतिशीलतमा  नयाँ सन्देश दिएको उनीहरूको भनाइ छ ।

स्वतन्त्र उम्मेदवारहरूको विजयले जनतामा परिवर्तनप्रतिको चाहना प्रस्ट देखिएको र स्थापित राजनीतिक दलहरू थप जिम्मेवार बन्नुपर्ने सन्देश दिएको देखन सकिन्छ ।

विगतको जस्तो अन्ध–समर्थनभन्दा अब जनमत काम, व्यवहार र जनतासँगको सम्बन्ध का आधारमा बन्न थालेको छ, र यसले आगामी स्थानीय तथा प्रदेश–संघीय चुनावमा पनि प्रभाव पार्न सक्ने सम्भावना खुला गरेको आकलन गर्न सकिन्छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?