icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

रास्वपाका महामन्त्री सुनिल लम्साल को हुन् ? रूपन्देही–१ मा किन उनको चर्चा चुलिँदैछ ?

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्साल पछिल्लो समय रूपन्देही जिल्ला क्षेत्र नम्बर १ मा चर्चाको केन्द्रमा छन्। प्राविधिक पृष्ठभूमि, राष्ट्रिय महत्वका पूर्वाधार परियोजनामा संलग्नता र शहरी विकाससम्बन्धी विज्ञताका कारण उनको नाम राजनीतिक वृत्तमा मात्र होइन, आम नागरिकबीच पनि चासोका साथ लिइन थालेको छ।

Workplace

को हुन् त सुनिल लम्साल ?

वि.सं. २०४७ साल ६ महिना ८ गते स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका बिर्घामा जन्मिएका लम्साल २०५२ सालदेखि उनको स- परिवार बुटवल झरेका थिए। उनी हाल तिलोत्तमा नगरपालिका वडा नं – ७ का स्थायी बासिन्दा हुन्। बुबा बोधराज लम्साल र आमा जमुना लम्सालका छोराहरु तीन भाइमध्ये माइलो भाइका रूपमा हुर्किएका उनी बाल्यकालदेखि नै पहाडी जिल्ला र तराईको मिश्रित सामाजिक परिवेशमा ढल्किएका व्यक्ति हुन्।

शैक्षिक हिसाबले उनी कत्तिको सक्षम छन् ?

लम्सालले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका छन्। त्यसपछि भारतस्थित Nitte Meenakshi Institute of Technology बाट Structural Engineering मा स्नातकोत्तर अध्ययन सम्पन्न गरेका उनले हाल काठमाडौँ विश्वविद्यालयबाट Solid Waste Management विषयमा विद्यावारिधि (PhD) अध्ययन गरिरहेका छन्। प्राविधिक विषयमा निरन्तर अध्ययन र अनुसन्धानमै उनी केन्द्रित देखिन्छन्।

व्यावसायिक जीवनमा उनले के–कस्ता काम गरेका छन् ?

हाल लम्साल काठमाडौँ महानगरपालिका अन्तर्गत नगर पूर्वाधार तथा वातावरण विज्ञका रूपमा कार्यरत छन्। उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर विमानस्थल, सिंहदरबार पुनर्निर्माणजस्ता राष्ट्रिय गौरवका आयोजनामा प्राविधिक भूमिका निर्वाह गरेका छन्। यसका साथै देशका ३५ जिल्लामा नमुना विद्यालय निर्माण तथा १२ जिल्लामा अस्पताल पूर्वाधार विकासमा काम गरेको अनुभव उनीसँग छ। उनकाे रुपन्देहिमा रहेको Extratech Oval Cricket Stadium मा पूर्वाधार क्षेत्रमा काम गरेको अनुभब पनि रहेको छ।

उनको नाम राजनीतिमा किन यति धेरै चर्चामा छ ?

पूर्वाधार, वातावरणीय व्यवस्थापन, शहरी योजना र सार्वजनिक निर्माणका क्षेत्रमा प्रत्यक्ष अनुभव बोकेको व्यक्तिले नीति निर्माण तहमा भूमिका खेल्नुपर्ने धारणा बलियो बन्दै गएको छ। यही कारण लम्साललाई प्राविधिक दक्षता र व्यवस्थापकीय सोच बोकेको नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा हेरिन थालेको विश्लेषकहरू बताउँछन्।

यसै सन्दर्भमा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर रूपन्देही–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल लम्साल उम्मेदवार बन्ने चर्चा चुलिएको छ। यससँगै, लामो समयदेखि विकास, पूर्वाधार र सुशासनका विषयमा परिणाम खोज्दै आएका रूपन्देहीवासीबीच पनि लम्सालप्रति रुचि बढ्दै गएको देखिन्छ। प्राविधिक पृष्ठभूमि, राष्ट्रिय परियोजनामा काम गरेको अनुभव र नयाँ राजनीतिक सोच बोकेको युवा पात्रका रूपमा, उनलाई हेर्ने नागरिकको संख्या बढिरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यही कारण उनको नाम केवल पार्टीभित्र सीमित नरही रूपन्देहीको समग्र राजनीतिक बहसको एक महत्वपूर्ण केन्द्र बन्दै गएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
  • दुःखी ()
  • अचम्मित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?