सरकार तानाशाही शैलीतर्फ उन्मुख भएको श्रम संस्कृति पार्टी का सतेतक : आर्यन राई

समाचार सारांश
Auto Generated by AI
  • सांसद आर्यन राईले वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत तानाशाही शैलीमा अघि बढेको आरोप लगाउनुभयो।
  • सरकारले अस्थायी कर्मचारी हटाउने तयारी र स्वास्थ्य प्रतिष्ठानमा अपारदर्शी नियुक्ति गरेको भन्दै उहाँले कडा आपत्ति जनाउनुभयो।
  • संसद् स्थगित भएको मौका छोपी सरकारले अध्यादेशमार्फत नागरिक अधिकार कुण्ठित गर्न सक्ने भन्दै उहाँले सचेत रहन आग्रह गर्नुभयो।

काठमाडौ – प्रतिपक्षी श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार लोकतान्त्रिक विधि र पद्धतिलाई बेवास्ता गर्दै तानाशाही शैलीमा अघि बढिरहेको आरोप लगाउनुभएको छ।

Workplace

बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद राईले सरकारले किसान, मजदुर, सञ्चारमाध्यम र आम नागरिकका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको दाबी गर्नुभयो। प्रधानमन्त्रीले उल्लेख गर्ने गरेको ‘सुपर एक्सप्रेस वे’ को प्रसंग जोड्दै उहाँले सरकारलाई लोकतान्त्रिक विधि र पद्धतिअनुसार शासन सञ्चालन गर्न सुझाव दिनुभयो।

संसद् १० दिनका लागि स्थगित रहेको अवधिमा सरकारले अध्यादेशमार्फत नागरिक अधिकारमा हस्तक्षेप गर्न सक्ने आशंका व्यक्त गर्दै उहाँले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो।

साउन १ गतेदेखि अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हटाउने सरकारी तयारीप्रति आपत्ति जनाउँदै उहाँले वर्षौंदेखि राज्यको सेवामा रहेका कर्मचारीलाई कुनै वैकल्पिक व्यवस्था नगरी सेवाबाट हटाउनु अन्यायपूर्ण हुने बताउनुभयो।

सांसद राईले छ वटा स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया पारदर्शी नभएको आरोप पनि लगाउनुभयो। सिफारिस भएका व्यक्तिको योग्यता र छनोट प्रक्रिया सार्वजनिक नगरिएको भन्दै उहाँले सरकारको पारदर्शितामाथि प्रश्न उठाउनुभयो।

संविधान संशोधनको विषयमा धारणा राख्दै उहाँले संघीयता र प्रदेश संरचनामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।

त्यसैगरी, सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको र आफूमाथि दुर्व्यवहारसमेत भएको दाबी गर्दै सांसद राईले यस्ता गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?