icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

रास्वपा सन्धिखर्क नगरसमितिमा नयाँ नेतृत्व, अध्यक्षमा राजु खड्का र सचिवमा सागर मरासिनी

 अर्जुन थापा अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्धिखर्क नगरसमितिको भेला हिजो सन्धिखर्कमा सम्पन्न भई नयाँ नेतृत्व चयन गरेको  छ। भेलाले सर्वसम्मत निर्णयमार्फत अध्यक्षमा सफल व्यवसायी तथा समाजसेवी राजु खड्का र सचिवमा सक्रिय युवा नेता सागर मरासिनीलाई निर्वाचित गरेको छ। मरासिनी संचार क्षेत्रमा समेत काम गर्दै आइरहेका युवा हुन ।

Workplace

नव–निर्वाचित कार्यसमितिमा सभापति राजु खड्का, उपसभापति प्रदीप बन्जाडे, सचिव सागर मरासिनी, कोषाध्यक्ष खुमबहादुर महत रहेका छन् भने सहसचिव पद यसपालि खाली छ। सदस्यमा कमला खत्री, विमला भट्टराई, बसन्ता घर्ती, शोभा क्षत्री, राज भुसाल, कृष्णबहादुर बस्नेत, बिबश थापा, सरिता भुसाल र कृष्ण खत्री चयन भएका छन्।

सल्लाहकारमा कृष्णहरि भुसाल र बाबुराम थापा रहनुहुनेछ भने र्याट संयोजकको जिम्मेवारी शोभाखर मरासिनीले सम्हाल्ने भएका छन्।

रास्वपा अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले नयाँ नेतृत्वबाट नगरमा पार्टीको संगठन विस्तार र जनतामुखी गतिविधि तीव्र हुने विश्वास व्यक्त गर्नुभयो। भेला लुम्बिनी प्रदेश सभापति देबराज पाठक लगायतका नेताहरूको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

सचिवमा निर्वाचित सागर मरासिनी यसअघि  पनि राजनीतिक अनुभव हासिल गरिसकेका छन्। अध्यक्षमा निर्वाचित राजु खड्का भने सफल व्यवसायी मात्र नभई समाजसेवामा पनि सक्रिय रहँदै आएका व्यक्तित्व हुन्।

खड्का  बिगत  १९/२० बर्ष  दुबैमा रोजगारीमा   थिए  अब आफ्नै देशमा केही गर्ने इच्छा सहित आफू देश फर्किएको समेत जानकारी दिएका छन  अध्यक्ष राजु खड्काको प्रतिबद्धता    अध्यक्षमा निर्वाचित राजु खड्काले समाजको हितका लागि एकजुट भई काम गर्ने अठोट व्यक्त गरेका छन्। नगर भेला सम्पन्नपछि सामाजिक सञ्जालमार्फत उनले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै राजनीतिक यात्रा समाजसेवामा समर्पित रहने बताएका छन्। साथै आफ्नो जिवनको यो एउटा नयाँ यात्राको समेत उल्लेख गरेका छ्न ।

रास्वपा सन्धिखर्कका नयाँ सचिव सागर मरासिनीको प्रतिबद्धता (रास्वपा) सन्धिखर्क नगरसमितिको सचिवमा निर्वाचित सागर मरासिनीले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचनपछि सामाजिक सञ्जालमार्फत उनले १२ वटै वडाका साथीसहित जिल्ला र प्रदेशस्तरका नेताहरू तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै चुनौतीहरूका बाबजुद जनसेवामा अहोरात्र खटिने बताएका छन्।

पोछिल्लो समय रास्वपा अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले आफ्नो संगठन मजबुत बनाउदै आएका छ्न त्यसैअनुरूप यो नयाँ गठन पनि एक हो ।  अहिले अर्घाखाँचीमा राजनीति चर्चा चलिरहेको  छ टोपबहादुर रायमाझी कारागार भए पोछी यहाँ  राजनीति बिषयमा चर्चा बहस हुने गरेको छ  ८४ को चुनावमा यहाँ स्वतन्त्र नागरिक , स्वतन्त्र पार्टी, एमाले, माओवादी , काङ्ग्रेस ,  एकीकृत समाजवादी , मसाल, लगायतको भिडन्त हुने देखिन्छ यो अबस्थामा जनमत पकै बिभाजन हुदा बहुमत लिने अबस्था भने के हुन्छ त्यो समय लाई प्रखनु प्रने हुन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?