देबिनगर क्रिकेट क्लबद्वारा लुम्बिनी प्रादेशिक अस्पताल परिसर बाहिर सरसफाइ कार्यक्रम सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बुटवलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
  • देबिनगर क्रिकेट क्लबको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल परिसर सफा गरिएको हो।
  • सहभागीहरूले सार्वजनिक स्थलको सरसफाइमा सबैको साझा दायित्व हुने बताएका छन्।

बुटवल । नेपाल सरकारले सञ्चालन गरिरहेको ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियानलाई समर्थन गर्दै बुटवलमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

Workplace

देबिनगर क्रिकेट क्लब को आयोजनामा आज लुम्बिनी प्रादेशिक अस्पताल परिसर बाहिर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा क्लबका पदाधिकारी, युवा खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो।

- Advertisement -Workplace

कार्यक्रमअन्तर्गत अस्पताल परिसर बाहिर रहेका सडक किनारा, नाला तथा सार्वजनिक क्षेत्रमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वच्छ वातावरण कायम राख्न सरसफाइ अत्यन्त आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा सहभागीहरूले सरसफाइ केवल सरकारी निकायको जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

नेपाल सरकारले वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत विभिन्न संघसंस्था तथा युवाहरूले पनि सार्वजनिक स्थलमा सरसफाइ कार्यक्रम गर्दै आएका छन्।

देबिनगर क्रिकेट क्लबले भोलि पनि आफ्नो सरसफाई अभियानलाई निरन्तरता दिने बताएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?