सुनकोशीमा यात्रुवाहक जिप खस्दा ३ जनाको मृ`त्यु, ३ जना बेपत्ता, ४ घाइते

समाचार सारांश
Auto Generated by AI
  • सिन्धुलीमा गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ र चार जना घाइते भएका छन्।
  • अनियन्त्रित भएको गाडी सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको थियो।
  • दुर्घटनामा अन्य तीन जना बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी छ।

काठमाडौ – काठमाडौंबाट गन्तव्यतर्फ जाँदै गरेको गाडी सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता भएका छन्।

Workplace

आइतबार बिहान साढे २ बजेतिर को. १ ज २९७६ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। दुर्घटनालगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलबाट तीन जना महिलाको शव बरामद गरेको छ। मृतक महिलाहरूको पहिचान अझै हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय श्रेष्ठले जानकारी दिए।

- Advertisement -Workplace

दुर्घटनामा परेर गाडी चालक ओखलढुंगाका २९ वर्षीय आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक घाइते भएका छन्। घाइतेहरूलाई प्रहरीले तत्काल उद्धार गरी उदयपुरको घुर्मिस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचारका लागि पठाएको छ। घाइतेमध्ये सम्झना राईको अवस्था गम्भीर रहेको डिएसपी श्रेष्ठले बताए।

गाडी चालकको प्रारम्भिक बयानअनुसार सवारीमा सवार अन्य तीन जना अझै बेपत्ता छन्। बेपत्ता भएकाहरूको खोजीका साथै घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरीको टोली खटिएर खोजी तथा उद्धार कार्य जारी राखिएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?