icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

करुणा फाउन्डेसन नेपालद्वारा निःशुल्क कृत्रिम हात वितरण : हात गुमाएका दुई सय नेपालीका लागि पुनः आत्मनिर्भर जीवनतर्फको सारथी बने पर्यास

राधा नेपाली काठमाडौँ – शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा आत्मबल, आत्मसम्मान र सम्भावनाको उज्यालो दिनका लागि करुणा फाउन्डेसन नेपालले विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ।

Workplace

काठमाडौँको बालुवाटारमा अवस्थित फाउन्डेसनले जर्मनीस्थित “द हेण्ड प्रोजेक्ट” सँगको सहकार्यमा २०० जना हात वा बाहुँला गुमाएका नेपाली नागरिकहरूलाई निःशुल्क कृत्रिम हात (हलुका तौलयुक्त, क्रियाशील र सौन्दर्यपरक) प्रदान गर्ने घोषणा गरेको छ।

फाउन्डेसनकी प्रतिनिधि शोभा माया विश्वकर्माका अनुसार, हाल देशभरिबाट पीडित पात्रहरुको विवरण सङ्कलन गरी प्राविधिक सहयोगसहित कृत्रिम हात जडानको तयारी भइरहेको छ।
कार्यक्रम कार्तिक  महिनाभित्रै काठमाडौँमा आयोजना हुने विशेष कृत्रिम हात जडान शिविर (फिटिङ क्याम्प) मार्फत सम्पन्न गरिने लक्ष्य लिइएको छ।

कार्यक्रम अन्तर्गत वितरण गरिने क्रियाशील कृत्रिम हातहरूले दैनिक जीवनका कार्यहरू – खाना खान, कपडा लगाउन, सामान समाउन जस्ता कामहरू सहज बनाउने छन् भने सौन्दर्यपरक हातहरू गुमेको अंगको प्राकृतिक आकृतिजस्तै देखिने, सामाजिक आत्मविश्वास बढाउने प्रकारका हुनेछन्।

उक्त फाउन्डेसन कोशी प्रदेश लक्षित  तर सेवा देशव्यापी करुणा फाउन्डेसन नेपालले विशेष गरी कोशी प्रदेशलाई प्राथमिकतामा राखेर अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

संस्थाले अघिल्लो वर्षहरूमा १४ वटा जिल्लाका १३५ पालिकामा सेवा पुर्‍याइसकेको छ भने पछिल्लो वर्षमात्रै ५ वटा जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो। हाल पनि फाउन्डेसनले विभिन्न जिल्लामा निरन्तर काम गरिरहेको छ।

यसपटकको कृत्रिम हात वितरण अभियान भने देशैभरका वास्तविक रूपमा हात गुमाएका नागरिकहरूलाई लक्षित गरिएको संस्थाले जनाएको छ। कस्तो अपाङ्ग   ब्याक्ती लाई वितरण गर्ने  भने बिषय  भने संस्थाले अध्यन गरेर मात्र वितरण गर्ने छ ।

साउन २५,  भित्रमा इच्छुक व्यक्तिहरूले आफ्नो विवरण फाउन्डेसनमा पठाउनु पर्नेछ।  विवरण पठाउन उक्त दिएको सम्पर्क फोन नम्बर र तल दिएको इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ फोन नम्बर  : ९८४१८५०६२३
इमेल : shobhamaya.bk@karunanepal.org

“अपाङ्गता कमजोरी होइन, परिवर्तनको सम्भावना हो” भने उदेश्य सहित अपाङ्गता भएका बालबालिका तथा नागरिकहरूलाई शिक्षादेखि स्वास्थ्य, पुनःस्थापना, रोजगारी, सामाजिक समावेशीकरणसम्मका सेवा प्रदान गर्दै आएको करुणा फाउन्डेसन नेपाल विगत केही वर्षदेखि देशका विभिन्न क्षेत्रहरूमा क्रियाशील रहँदै आएको छ।

संस्थाको मूल दर्शन — “अपाङ्गता भएको बालबालिकालाई पनि सक्षम जीवनतर्फ डोर्याउनु  फाउन्डेसनको   दायित्व रहेको बताइएको छ ।

 

‘द हेण्ड प्रोजेक्ट’ जस्तो अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा गरिएको यो कार्यक्रम नेपालका गुमेका हातहरूलाई फेरि जीवन र सम्भावनामा बदल्ने प्रयासले उक्त संस्थाको काम उदाहरणीय रहेको देखन सकिन्छ ।

यो अभियान केवल उपकरण वितरण होइन, स्वाभिमान  सम्भावनाको पुनर्जागरण पनि हो । फाउन्डेसनको यो कदम सामाजिक सेवा, समावेशिता र मानवताको अनुपम उदाहरण बनेको छ। यस्ता सेवामूलक काम प्रती नेपालखोजखबर ड्ट कम सदैब साथ रहने छ र आगमी दिनमा यस्ता कार्यक्रममा लाई थप हौसला प्रधान गर्दै संस्था लाई सदैब साथ दिने छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?