
- नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २४ जनाको शव भेटिएको छ।
- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण उनीहरूको मृत्यु भएको पुष्टि भएको छ।
- घटनास्थलमा दलदलका कारण ढिलो पुगेको प्रहरीले अहिले निरीक्षण गरिरहेको छ।
काठमाडौं ।नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २४ जनाको शव फेला परेको छ।

भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाए २४ जनाको शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले बताए।
उनले भने, ‘बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ।’ उनले सुरुका दिनका उक्त ठाउँमा दलदल भएकाले जान सक्ने अवस्था नभएको बताए। उनले अहिले उक्त घरमा आफूहरू गएर निरीक्षण गरिरहेको बताए।
