अमेरिकाद्वारा निर्वासित भएका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव

काठमाडौ – साल्भाडोरका राष्ट्रपतिले अमेरिकाद्वारा निर्वासित भएर आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गरेका हो   ।

Workplace

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका समकक्षी निकोलस मादुरोसँग यदि भेनेजुएलाले यही सङ्ख्यामा राजनीतिक बन्दीहरूलाई रिहा गर्छ भने आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गर्नुभएको छ ।

यीमध्ये अमेरिकी नागरिकसहित ५० जना अरु देशका कैदीहरू पनि समावेश छन् ।

उहाँले भेनेजुएलाका राजनीतिक बन्दीहरूलाई उनीहरूले राष्ट्रपति मादुरोको विरोध गरेकोले जेल हालिएकोमा भेनेजुएलाका निर्वासितहरू भने धेरैजसो बलात्कार र हत्या अभियोगमा जेल परेका बताउनुभएको बीबीसीले जनाएको छ ।

भेनेजुएला सरकारले कुनै पनि राजनीतिक बन्दी नरहेको तर्क गरिरहँदा अधिकारवादीले भने सरकारको तर्क अस्वीकार गरेका छन् । भेनेजुएला सरकारले भने कैदी आदनप्रदानको प्रस्तावमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन ।

पछिल्लो केही हप्तामा दुई सयभन्दा धेरै भेनेजुएलाका नागरिकहरूलाई अमेरिकाबाट एल साल्भाडोर पठाइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उनीहरूलाई एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लगाउनुभएको छ । अमेरिकाले एल साल्भाडोरलाई निर्वासितहरूलाई आतङ्कवाद बन्दीगृहमा राख्न भुक्तानी गर्ने गरेको छ  ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?