अमेरिकाद्वारा निर्वासित भएका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव

काठमाडौ – साल्भाडोरका राष्ट्रपतिले अमेरिकाद्वारा निर्वासित भएर आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गरेका हो   ।

Workplace

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका समकक्षी निकोलस मादुरोसँग यदि भेनेजुएलाले यही सङ्ख्यामा राजनीतिक बन्दीहरूलाई रिहा गर्छ भने आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गर्नुभएको छ ।

- Advertisement -Workplace

यीमध्ये अमेरिकी नागरिकसहित ५० जना अरु देशका कैदीहरू पनि समावेश छन् ।

उहाँले भेनेजुएलाका राजनीतिक बन्दीहरूलाई उनीहरूले राष्ट्रपति मादुरोको विरोध गरेकोले जेल हालिएकोमा भेनेजुएलाका निर्वासितहरू भने धेरैजसो बलात्कार र हत्या अभियोगमा जेल परेका बताउनुभएको बीबीसीले जनाएको छ ।

भेनेजुएला सरकारले कुनै पनि राजनीतिक बन्दी नरहेको तर्क गरिरहँदा अधिकारवादीले भने सरकारको तर्क अस्वीकार गरेका छन् । भेनेजुएला सरकारले भने कैदी आदनप्रदानको प्रस्तावमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन ।

पछिल्लो केही हप्तामा दुई सयभन्दा धेरै भेनेजुएलाका नागरिकहरूलाई अमेरिकाबाट एल साल्भाडोर पठाइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उनीहरूलाई एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लगाउनुभएको छ । अमेरिकाले एल साल्भाडोरलाई निर्वासितहरूलाई आतङ्कवाद बन्दीगृहमा राख्न भुक्तानी गर्ने गरेको छ  ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?