icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

प्रकाश सपूत दिल्ली आउँदै, हाम्रो स्वाभिमान ट्रस्ट हरिद्वारद्वारा तीज विशेष सांस्कृतिक कार्यक्रमको भव्य तयारी

अर्जुन थापा, नयाँ दिल्ली । नेपाली भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हाम्रो स्वाभिमान ट्रस्ट (पतञ्जलि योगपीठ हरिद्वार)’ को आयोजनामा यस वर्षको हरितालिका तीज महोत्सव तथा हाम्रो गौरव अवार्ड वितरण २०२५ कार्यक्रम आयोजना गर्ने  भएको छ ।

Workplace

नेपाल बाट ख्यातिप्राप्त बहुचर्चित कलाकार बहुप्रतिभाशाली, लोकप्रिय कलाकार प्रकाश सपूत नेपाली गायक तथा मोडल, जसले नेपाली गीत–संगीतमा नयाँ उचाइ स्थापित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला चिनाउन महत्वपूर्ण योगदान दिएका छन्। उनकको आगमनले तीजको उत्सवलाई अझै लोकप्रिय बनाउने आयोजक समितिले बताएको छ ।

विनिता क्षेत्री (डान्सर) – अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नृत्यकार लागि बालकलाकार, विनिता क्षेत्रीको समेत उपस्थिति हुने आयोजकले जानकारी दिएको छ । संस्थाका दिदीबहिनीहरूको समूह नृत्य, स्थानिय नेपाली कलाकारहरूको सांस्कृतिक नृत्य र गायन प्रस्तुती, समेत रहने आयोजकले जनाएको छ ।

योगऋषि परम पूज्य स्वामी रामदेवजी महाराज तथा आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य बालकृष्ण जी महाराजको पावन सान्निध्यमा हुने यो कार्यक्रम २०२५ अगस्ट २६ तारिख, यमुना स्पोर्ट्स कम्प्लेक्स अडिटोरियममा हुने भएको छ ।

यो गौरवशाली पर्व हरितालिका तीज, हिन्दू नारीहरूको श्रद्धा र परम्पराको प्रतीक मानिन्छ। ब्रत, कथा, नाचगान र भक्ति भावले सम्पन्न हुने यो पर्वमा विशेषगरी महिलाहरू आफ्नो परिवार र पतिको सुख-समृद्धिका लागि ब्रत बसी शिव-पार्वतीको पूजा अर्चना गर्छन्। यसलाई नेपाली महिलाको आत्मबल, निष्ठा र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा लिने गरिन्छ र खास गरि नेपालमा तिज पर्व निकै धुम धाम सङ्ग मनाइने पर्व हो ।

उक्त अवसरमा भारत र विदेशमा नेपाली भाषाको संरक्षण, साहित्य, कला, संस्कार र संस्कृति प्रवर्द्धनमा विशेष योगदान पु-याएका विभिन्न व्यक्तित्वहरूलाई ‘हाम्रो गौरव सम्मान–२०२५’ बाट सम्मानित गरिने आयोजक संस्थाले जानकारी दिएको छ।

कार्यक्रममा उपस्थित रहन नेपाल तथा भारतका विभिन्न क्षेत्रका नेपालीभाषी समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आयोजक संस्थाका प्रतिनिधि हरुले उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक निमन्त्रणा समेत गरेका छ्न।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?