२६ फाल्गुन २०८२, मंगलबार

“सरकारमा नयाँ अनुहार : अर्थमा खनाल, गृहमा अर्याल, ऊर्जामा घिसिङ”

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।

Workplace

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार नयाँ मन्त्रिपरिषद् विस्तार गर्दै रामेश्वर खनाललाई अर्थ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृहमन्त्रालय र कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्। साथै, गृहमन्त्री अर्याललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र ऊर्जा मन्त्री घिसिङलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समेत अतिरिक्त जिम्मेवारी तोकिएको छ।

शपथ लिएलगत्तै उनीहरूले आजैदेखि पदभार सम्हाल्ने तयारी गरेका छन्। नयाँ मन्त्रीहरूमाथि मुलुकको आर्थिक व्यवस्थापन, सुरक्षा संयन्त्र सुदृढीकरण र ऊर्जा तथा पूर्वाधार विकासलाई तीव्र गतिमा अघि बढाउने ठूलो जिम्मेवारी आएको छ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री कार्की, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित उच्चपदस्थ अधिकारीहरू सहभागी थिए।

नयाँ मन्त्रीहरूको नामावलीलाई “व्यावसायिक दक्षता र अनुभवलाई प्राथमिकता दिने” प्रयासको रुपमा लिएको बताए पनि तत्कालीन राजनीतिक चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने सवाल भने यथावत् रहेको धेरैको भनाइ छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?