icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

विजय अनुरागीको नयाँ तीज गीत ‘ए मैयाँ ए सैयाँ’ सार्वजनिक, धुर्मुस–सुन्तलीको अभिनयमा ‘मेरि बासै’को झल्को

काठमाडौं, – तीजको रौनकसँगै संगीतकर्मी विजय अनुरागीले नयाँ तीज गीत ‘ए मैयाँ ए सैयाँ’ सार्वजनिक गरेका छन्। गीतमा शब्द र लय विजय अनुरागीकै रहेको छ भने भागिरथ चलाउनेले संगीत संयोजन गरेका छन्। गायिका देवी घर्ति मगरको सशक्त स्वरमा सजिएको यस गीतमा चर्चित हास्य कलाकार जोडी धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) को अभिनय प्रस्तुत गरिएको छ।

Workplace

गीतको कथा, निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेका छन्। तीजको मौलिक संस्कृति, महिला भावनाको अभिव्यक्ति र समसामयिक समाजको झल्को समेटिएको यस गीतमा ‘मेरि बासै’ टेलिशृंखलामा देखिएको पुरानो अभिनय शैली पुनः प्रस्तुत गरिएको छ। धुर्मुस–सुन्तलीको भूमिकाले दर्शकलाई सिरियलका दिनको याद दिलाएको छ।

गीतमा मेकअप आर्टिस्ट अनिमेश गुरुङ, सह–कोरियोग्राफर अमर रावल, सिनेमाटोग्राफर करण चिसीरी र भिडियो सम्पादन आर्ट सिने स्टुडियोले गरेका छन्। गीतको ध्वनि संयोजन बिन्द बाजुराली, रेकर्डिस्ट सागर/गोविन्द, मिक्स/मास्टरिङ खड्क बाजुराली, स्टुडियो मलाश्री रहेको छ।

बिबेक बरालसँगको सह–प्रस्तुतीमा तयार गरिएको यो भिडियो विजय अनुरागीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतले छोटो समयमा नै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलेको छ। विशेषगरी अभिनय, संगीत, कथा तथा समग्र प्रस्तुतीको प्रशंसा भइरहेको छ।

यो गीतले तीजको धार्मिक र सांस्कृतिक महत्व  प्रेम, समर्पण र पारिवारिक सम्बन्धलाई समेत दर्शाएको छ।  आधुनिकता र मौलिकता बीचको सन्तुलन कायम गर्दै यो गीत तीज विशेष चर्चित बनेको छ

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?