icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

श्रमदानमै समर्पित मेयर: मुगुका विष्णु कुमार भाम ‘उदाहरणीय जनप्रतिनिधि’

रतन रावल मुगु – झट्ट हेर्दा उनी कुनै सामान्य मजदुर जस्ता लाग्छन्— काँधमा बेल्चा, साबेल र कोदालो बोकेर हिँड्ने। तर उनी हुन् हिमाली जिल्ला मुगुका छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम। हरेक शनिबारको बिहान आइपुग्दा उनी आफ्नो कार्यकक्षमा होइन, श्रमदान अभियानमा व्यस्त देखिन्छन्।

Workplace

नगरप्रमुख भामले श्रमदानलाई विकासको मूल आधार मानेका छन्। उनले अहिलेसम्म श्रमदानमार्फत धारा, पाटी, पौवा, प्रतीक्षालय लगायतका संरचना निर्माण गरेका छन्। महिनाको अन्तिम शनिबार बजार सरसफाईमा समेत स्वयम् सहभागी हुने उनको बानीले स्थानीयवासीमा प्रेरणा जगाएको छ।

भामले आफ्नो नेतृत्वमा ‘आत्मनिर्भर नगर’ अभियान पनि थालेका छन्। उनले नगरभित्र उत्पादन हुने फलफुल, गेडागुडी र शुद्ध हिमाली पानीको प्रयोगलाई प्रोत्साहन गर्दै बाहिरबाट आयात हुने प्रशोधित मिनरल पानी र वस्तुमा प्रतिबन्ध लगाउने अभियान चलाएका छन्।
उनको भनाइमा, “हाम्रो हिमाल, हाम्रो पानी— किन बाहिरको बोतलको भरमा बस्ने?”

त्यस्तै, नगरपालिकाले बाहिरका रङ्गीचङ्गी प्लास्टिकका फूलहरूको प्रयोग बन्द गरी स्थानीय पुष्प गुच्छा र प्राकृतिक फूललाई प्राथमिकता दिएको छ। वातावरणमैत्री कार्यलाई प्रवर्द्धन गर्न भामले ‘एक व्यक्ति, एक बिरुवा’ अभियान पनि सञ्चालन गरेका छन्। नगरपालिकाको वरिपरि आज हरियाली र फूलका बारीहरू देखिन्छन्— जुन उनीकै पहलको प्रतिफल हो।

राजनीतिक प्रतिस्पर्धीहरूले सुरुमा उनका योजनाहरूको विरोध गरे पनि पछि आएर उनीकै कार्यशैलीबाट प्रेरित भई सहभागी हुन थालेको स्थानीयहरू बताउँछन्।

युवा उमेरदेखि नै समाजसेवामा सक्रिय रहेका भाम राजनीतिमा आएर पनि समाजप्रतिको जिम्मेवारी भुलेका छैनन्। उनले दशैं भत्ता र अन्य सरकारी सुविधा दिनदुखी, विपन्न तथा छात्र–छात्राहरूको सहयोगमा खर्च गर्ने गरेको उदाहरण प्रशस्त छ।

“हामीले नगरे कसले गर्छ? आज नगरे कहिले गर्ने?” भन्ने मूल नारामा विश्वास राख्ने मेयर भाम आज मुगु मात्र होइन, सम्पूर्ण कर्णालीका लागि प्रेरणाको स्रोत बनेका छन्। श्रमदान, आत्मनिर्भरता र स्वच्छ समाज निर्माणमा उनले देखाएको प्रतिबद्धता नै उनलाई ‘जनताको मेयर’ बनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?