icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

बाँदर नियन्त्रणको विषय लिएर कांग्रेस पुग्यो गृह मन्त्रालय

लक्ष्मण घिमिरे लुम्बिनी  । नेपाली कांग्रेस अर्घाखाँची बाँदर, बँदेल लगायतका जंगली जनावर नियन्त्रणको माग सहित गृह मन्त्रालय पुगेको छ ।

Workplace

किसानले सास्ती व्यहोर्नु परेको भन्दै जिल्ला प्रशासनमा ध्यानाकर्षण गराएको कांग्रेस गृहमन्त्रालय पुगेको हो । गृहमन्त्री रमेश लेखकलाई भेटेर अर्घाखाँचीको टोलीले ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको हो ।

नेपाली कांग्रेस अर्घाखाँचीका सभापती केशव श्रेष्ठको नेतृत्वमा गएको टोलीले जंगली जनावर नियन्त्रणका लागी पहल गर्नुपर्ने माग राखेका छन् । अर्घाखाँची लगायत पहाडी जिल्लाका किसानले लगाएको अन्नबाली वन्यजन्तुले सखाप पारेको भन्दै उनिहरुले तत्काल पहलकदमी लिन उनिहरुले आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझाउन सभापती श्रेष्ठसहित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, प्रदेश सदस्य शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधी डा. मुक्ती श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, तारा श्रेष्ठ, शितगंगाका मेयर छविलाल पौडेल, उपमेयर गिता भाट, महिला नेतृ सिता भुसाल, रेमकला खत्री, खिम अधिकारी लगायतको टोली गएको थियो ।

जवाफमा गृहमन्त्री लेखकले यो पहाडी भेगको जटिल समस्या भएकाले यसमा कसरी ‘एक्सन’ लिने भन्नेबारे गृहकार्य भईरहेको बताउनु भयो । अपनाईएका विधीको प्रभावकारिता र कानुनी जटिलता हेरेर छिटै निर्णयमा पुग्ने उहाँले बताएको सभापती श्रेष्ठले बताउनु भयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?