icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

नयाँ दिल्लीबाट ४७ नेपाली महिला कुवेत जान खोज्दा फिर्ता, मानव तस्करीको आशंका

अर्जुन थापा नयाँ दिल्ली,  — भारतको बाटो हुँदै घरेलु कामदारको रूपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई भारतीय अध्यागमन अधिकारीहरूले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएका छन्। उनीहरूलाई बिना अनुमतिपत्र (No Objection Certificate – NOC) बोर्डिङ पास लिन खोज्दा अध्यागमनले रोक लगाएको थियो।

Workplace

नेपाली राजदूतावास नयाँ दिल्लीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार, २२ जुलाईमा कुवेत जाने क्रममा उनीहरूलाई अध्यागमनले रोक लगाएपछि विमानस्थल प्रशासनले नेपाली दूतावाससँग सम्पर्क गरेको थियो। प्रारम्भिक छानबिनबाट ती महिलाहरूले देखाएको NOC नक्कली भएको पुष्टि भएपछि उनीहरूलाई तत्कालै रोकिएको हो।

नेपाली राजदुत डाक्टर शकर प्रसाद शर्माले यसअघि पनि यस्तै गरी नक्कली कागजातसहित कुवेत जान खोजेका नेपाली महिलाहरूको संख्या बढ्दै गएको र  गैरकानुनी रूपमा विदेश जान खोज्दा मानव तस्करीको जोखिम उच्च हुने भएकाले नेपाली दूतावास र भारतीय अधिकारीहरूबीच समन्वय गरी ती महिलाहरूलाई नेपाल फर्काइएको समेत जानकारी दिएका हुन ।

कूटनीतिक पहलपछि सुरक्षित फिर्ती राजदूतावासले भारतीय अध्यागमन तथा सुरक्षासँगको समन्वयमार्फत ती महिलाहरूलाई सुरक्षित रूपमा नेपाल फर्काउने प्रक्रिया अघि बढाएको थियो। नेपाल फर्काइएका ४७ महिलाहरूलाई अध्यागमनका अधिकारीहरूको निगरानीमा राखी काठमाडौं जान अनुमति दिइएको छ। थप अनुसन्धानका लागि उनीहरूको विवरण सम्बन्धित निकायलाई पठाइएको जनाइएको छ।

त्यस लगत्तै राजदूतावासका प्रतिनिधिहरू विमानस्थल गई अध्यागमनका अधिकारीहरूसँगको समन्वयमा उहाँहरूलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको थियो। भारतको विदेश मन्त्रालयसमेतको सहजीकरणमा बसमार्फत् नेपाल फर्काइएका सबै ४७ जनालाई उहाँहरूसँगै जानुभएका राजदूतावासका प्रतिनिधिहरूको रोहवरमा थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी कार्यालया, रुपन्देहीलाई हस्तान्तरण गरिएको छ।

गैरकानुनी विदेश जाने प्रवृत्ति चिन्ताजनक बिषय हो गैरकानुनी रूपमा वैदेशिक रोजगारीका लागि नेपाली महिलाहरू भारत हुँदै तेस्रो मुलुक जान लाग्ने क्रम दिनानुदिन बढ्दो छ। उनीहरूले प्रायः पासपोर्ट, भिसा, र NOC नबनाई भारतको बाटो हुँदै तेस्रो मुलुक जान खोज्ने गरेको पाइन्छ। यसरी अवैध रूपमा विदेश जानु मानव तस्करीको जालोमा फस्ने खतरा उच्च हुने दूतावासले स्पष्ट पारेको छ।

यस्तै नागरिकलाई सचेत रहन दूतावासको आग्रह गरेको छ  राजदूतावासले यस्ता गतिविधिमा संलग्न दलाल, एजेन्ट वा संस्थासँग सम्पर्क नगर्न र वैदेशिक रोजगारीका लागि नेपाल सरकारद्वारा तोकिएको कानुनी प्रक्रिया अपनाउन सबैलाई अनुरोध गरेको छ। खासगरी घरेलु कामदारको रूपमा खाडी मुलुक जान चाहने नेपाली महिलाहरूलाई सचेत गराउँदै वैदेशिक रोजगारका विषयमा जानकारी लिन र शंकास्पद गतिविधि देखेमा सम्बन्धित निकायलाई खबर गर्न अपिल समेत  गरेको छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?