icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

रास्वपाको नाममा ‘स्वतन्त्र’ शब्द हटाउन माग, चुनाव चिन्ह ‘घण्टी’ विरुद्ध पनि उजुरी

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएका युवराज सफलले उक्त उजुरी दर्ता गराएका हुन्।

Workplace

सफलले पार्टीको नाममा ‘स्वतन्त्र’ शब्द राखिनुले स्वतन्त्र उम्मेदवारहरूको पहिचान र अधिकारमाथि गम्भीर असर पार्ने दाबी गरेका छन्। उनले निर्वाचन आयोगमा दर्ता गराएको निवेदनमा लेखिएको छ, “कुनै पनि राजनीतिक दल निश्चित विचार, सिद्धान्त र उद्देश्यमा आधारित हुने भएकाले त्यो दल आफैँमा स्वतन्त्र हुन सक्दैन। ‘स्वतन्त्र’ भन्ने शब्द दलको नाममा राखिनुले मतदातामा भ्रम सिर्जना भएको छ र स्वतन्त्र उम्मेदवारहरूको हक समेत अतिक्रमण भएको छ।”

उक्त निवेदनमा थप भनिएको  छ  राजनीतिक दलको नामले स्पष्ट विचारधारा झल्काउनुपर्छ, न कि स्वतन्त्रताको आवरण ओढेर मतदातालाई अन्योलमा पार्न।

साथै, सफलले रास्वपाको चुनाव चिह्न ‘घण्टी’प्रति पनि आपत्ति जनाएका छन्। उनका अनुसार घण्टी हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्था र पूजापाठमा प्रयोग हुने पवित्र प्रतीक हो, र त्यसको राजनीतिक प्रयोग गर्नु धर्मनिरपेक्षताको मर्मविपरीत रहेको समेत उल्लेख गरेका छ्न।

“हिन्दू धर्मावलम्बीहरूले मन्दिरमा पूजाका बेला प्रयोग गर्ने धार्मिक वस्तुलाई चुनाव चिह्नका रूपमा प्रयोग गरेर राजनीतिक दुरुपयोग गरिएको छ,” निवेदनमा उल्लेख छ, “धर्मनिरपेक्ष राष्ट्रमा कुनै एक धर्म विशेषसँग जोडिएको चिह्न दलको प्रतीक बन्नु अनुचित हो र यसले धार्मिक सहिष्णुतामा खलल पुर्याउन सक्ने दाबी समेत पेस गरेका छ्न ।

सफलले निर्वाचन आयोगसँग रास्वपाको नाम र चुनाव चिह्न दुबैमा पुनरवलोकन गर्न माग गरेका छन्। आयोगले भने उक्त  विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। उनी आयोगले नसुने अदालत सम्म जाने उल्लेख समेत गरेका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?