काठमाडौं, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किसकेको सार्वजनिक घोषणा गरेकी छन्। पार्टी नेतृत्वभित्र उनको भूमिकालाई लिएर भइरहेको बहसबीच मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू राजनीतिक यात्रामा स्पष्टताका साथ अघि बढिसकेको बताइन्।

“म राजनीतिमा अघि बढिसकेकी हुँ। म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,” भण्डारीले स्पष्ट भनाइ थियो । भंगालस्थित आफ्नै निवासमा बोलाएर आयोजित भेटमा उनले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्ला भेटघाट, विगतका राजनीतिक प्रसंग र वर्तमान पार्टीभित्रको द्वन्द्वबारे खुलस्त समेत पारिन्।
ओलीसँग सम्बन्ध र च्यासल भेट के थियो त उनका अनुसार साउन ४ गते च्यासलमा अध्यक्ष ओलीसँग भेट भएको थियो। ओलीले बालुवाटार बोलाए पनि आफूले च्यासलमै भेट गर्न चाहेको उनले बताइन्। “३ बजेको समय दिनुभयो, तर उहाँ ४ बजे आउनुभयो। म एमालेका नेताहरूसँग कुराकानी गरेर बसेकी थिएँ,” उनले पत्रकार सम्मेलनमा भनिन्।
भेटमा राष्ट्रिय राजनीति, कांग्रेससँगको समीकरण र पार्टीको आन्तरिक अवस्थाबारे चर्चा भएको थियो। तर अध्यक्ष ओलीले पार्टी सदस्यता र सक्रियता राजनीतिक निर्णय भएकाले पार्टीले नै निर्णय गर्ने बताएपछि भण्डारीले आफू पहिले नै सदस्यता नवीकरण गरिसकेको जानकारी दिइन्।
एमाले सदस्यता नवीकरण र आरोप सम्बन्धि विबाद बारे पनि उनले मुख खोलेकी छिन भण्डारीका अनुसार उनले २०७२ सालदेखि २०८० सालसम्मको पार्टी सदस्यता शुल्क तिरेर सदस्यता नवीकरण गरिसकेकी छिन्। “राष्ट्रपतिबाट हटेको ६ महिनाभित्रै सदस्यता नवीकरण गरेकी हुँ। अहिले आएर पेन्डिङ भन्ने कुरा गरिँदैछ, यो के हो भनेर मैले अध्यक्षलाई नै सोधेकी हुँ,” उनले भनिन्।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सदस्यता पेन्डिङमा रहेको भनाइ दिएको भन्दै उनले अध्यक्ष ओलीलाई फोन गरेर स्पष्टीकरण मागेको पनि बताइन्। “ओलीजीले ‘यो राजनीतिक निर्णय हो, बसेर कुरा गरौंला’ भन्नुभयो,” उनले पत्रकार सम्मेलनमा भनिन ।
भण्डारीले आफूले गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेको स्मरण गराइन्। यसअघि नयाँ वर्षको शुभकामना सन्देश दिएपछि ओली रिसाएको प्रसंग पनि उनले उल्लेख गरिन्। “ओलीजी चिढिनुभयो। त्यसपछि घोषणा गरेँ,” उनले भनिन्।
हीरक जयन्तीका लागि समिति गठनको क्रममा पनि अध्यक्ष ओलीले हस्तक्षेप गरेको आरोप उनले लगाइन्। “मैले डोरमणि पौडेलको नेतृत्वमा समिति बनाएँ। अध्यक्षले जनसंगठनका मानिस नबस्नू भनेका समेत आरोप लगाएकी छिन ।
पूर्वराष्ट्रपतिले ओलीप्रति गहिरो असन्तुष्टि पोखिन्। “उहाँ आफ्नो विचारबाट फर्किनुभयो, लोकतान्त्रिकरणको धारणा त्याग्नुभयो,” उनले आरोप लगाइन्। उनले एमाले नेतृत्वभित्र ओलीले आफूलाई विकल्प ठान्न नसकेको, अरूलाई ‘केटाकेटी’ ठान्ने प्रवृत्ति देखाएको जस्तो पनि घुमाउरो तरिकाले बताएकि छिन ।
पूर्वराष्ट्रपतिले आफू संविधानतः र नैतिक रूपमा पनि राजनीतिमा फर्कन पाउने अधिकार राख्ने दाबी गरिन्। “राष्ट्रपति भएपछि फर्कन नहुने तर्क गरिँदैछ। तर म पार्टीको निर्णयअनुसार राष्ट्रपति भएकी थिएँ। फर्किएपछि पनि पार्टीमा काम गर्न नैतिक बाधा नहुने उनको भनाइ छ ।
केन्द्रीय कमिटीले यदि आफूलाई पार्टी राजनीतिबाट रोकेको निर्णय गरेमा कस्तो प्रतिक्रिया दिन्छिन् भन्ने प्रश्नमा उनले भनिन्, “त्यस्तो कठोर निर्णय नआउला भन्ने लाग्छ, आयो भने त्यसैबेला प्रतिक्रिया दिने उनले बताएकी छिन ।
भण्डारीले आफ्नो लामो संघर्षको इतिहास पनि सुनाइन्। २०३५/०३६ सालदेखि अनेरास्ववियु हुँदै राजनीतिमा लागेको स्मरण गर्दै उनले भनिन्, “म संगठनका अधिवेशनमा एक्लै, माझकिरातको छोरी काठमाडौं आउँथेँ। संघर्षबाट आएकि हुँ उनले भनिन्न
त्यस्तै, सभामुख बन्ने प्रस्ताव अस्वीकार गरेको, राष्ट्रपति बन्ने निर्णय गर्दा रातभर निद्रा नलागेको घर परिवार समेत खुसी नरहेको र राष्ट्रपतिका रूपमा आफूले संसद विघटनसमेत गरे पनि पछुतो नरहेको बताइन्। “मैले राष्ट्रपतिका रूपमा राष्ट्रको अहित हुने कुनै काम गरेकी छैन,” उनले स्पष्ट भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीको यो पत्रकार सम्मेलन बाट सन्देश नेकपा (एमाले) को आन्तरिक राजनीति र नेतृत्व संघर्षमा गम्भीर संकेत देखन सकिन्छ । उनी सक्रिय राजनीतिमा फर्किसकेको भन्दै खुला चुनौती दिँदै गर्दा पार्टीभित्र नेतृत्वको सन्तुलन र अनुशासनको विषय पुनः विवादमा तानिने समेत व्यापक देखन सकिन्छ ।
ओलि नेतृत्वमा रहेको एमाले एमाले भित्र उठेका प्रश्न एमाले बाट विभाजन भएका नेताको प्रतिक्रियाले र एक तर्फ कम्युनिस्ट बामपंथी एकताको पुनः चर्चाले ओलि नेतृत्व रहेको एमाले लाई पकै यो ठुलो चुनौती रहने देख्न सकिन्छ । यद्यपि आगामी दिनमा एमाले भित्रको यो झगडाले नेपाली राजनीति र एमाले पार्टी आफैले कसरी सम्हालिन्छ त्यो भने हेर्न बाकी छ ।
