गुल्मी – मालिका–६ मा सडक दुर्घटना, दुई जनाको निधन
मालिका गाउँपालिका–६, अर्जै राम्चेमा भएको सडक दुर्घटनामा दुई जनाको निधन भएको छ। प्राप्त जानकारीअनुसार अर्जै बोर्डिङ स्कूलका विद्यार्थीहरू पिकनिकका लागि सवार बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ का ३६ वर्षका बसन्त अर्याल र ६० वर्षकी मनकला अर्यालको घटनास्थलमै निधन भएको जनाइएको छ। साथै, दुर्घटनामा परेका अन्य दुई जना घाइते भएका छन्।
घाइतेहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी रहेको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
