तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई थुनामा पठाउन आदेश

काठमाडौ – जिल्ला अदालत काठमाण्डौले चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

Workplace

थुनामा पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ छन् । अदालतले अरू ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो  ।

न्यायाधीश धु्रवराज कार्कीको इजलासमा हिजो दिउँसो थुनछेक बहस सकिएपछि मध्यरातमा आदेश आएको छ।

चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाण्डौको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा दुई जनाको ज्यान गएको थियो । निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?