icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

गायिका बिष्णु माझीको तीज गीत नआएसँगै तीजमा खल्लोपनको महसुस

दिनेश खत्री – नेपाली लोकसंगीतको चम्किलो तारा बिष्णु माझी गायिका यसपटकको तीज पर्वमा पनि मौन देखिएकी छन्। हरेक वर्षको तीजमा उनको मिठो स्वर र भावुक शब्दले लाखौँको मन जित्ने गर्दा बिष्णु माझीको गीत नआउँदासम्म तीज सुरु नभएको महसुस नहुने श्रोता-समाजमा व्यापक धारणा रहँदै आएको छ।

Workplace

यसपालि तीजको चहलपहल सुरु भइसक्दा पनि बिष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भयको छैन। बिष्णु माझीको गीत नआउँदा तीज गीतको माहोल नै सुस्त देखिन्छ।

उनका पारखीहरू सामाजिक सञ्जालमा लेख्दै छन् — “बिष्णु माझीको तीज गीत नआएसम्म तीज आएको जस्तो लाग्दैन।”

बिगतका वर्षहरूमा “पोइ पर्‍यो काले”, “चोली रमाइलो”, “तीजको रमझम”, “माया लागेर आएको” जस्ता गीतहरूले बजार तताएकी बिष्णु माझीको गायन शैली, उच्च स्वर र मौलिकपनले नेपाली लोकसंगीतलाई नयाँ उचाइमा पुर्‍याएको छ।

यद्यपि, उनको व्यक्तिगत जीवनको गोपनीयता र व्यवस्थापनको कारणले गर्दा श्रोता उनीसँग प्रत्यक्ष सम्पर्क गर्न सक्दैनन्। यसले पनि बेला–बेलामा उनको गीत आउने/नआउने विषयलाई रहस्यात्मक बनाउँछ।

श्रोता र संगीतप्रेमीहरू भने अझै आशामा छन्— “हुन त तीज आउन केही समय बाँकी नै छ, सायद अन्तिम समयमा भए पनि बिष्णु माझीले कुनै सरप्राइज त ल्याउने हुन्!”

तर यदि यो वर्ष पनि उनको तीज गीत नआउने हो भने धेरैका लागि तीज अलिक अधुरो, अलिक खल्लो बन्ने छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?