रसुवा बाढी अपडेट: हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको छ।
  • बाढीपहिरोपछि अझै ५ हजार १ सय ३० जना व्यक्ति सम्पर्कविहीन अवस्थामा छन्।
  • मृतकको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया जारी राखिएको छ।

काठमाडौं।भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Workplace

प्राधिकरणकी प्रवक्ता शान्ति महतले भदौ २६ गते साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै फेला परेका शवमा मानव अंगसमेत समावेश गरिएको बताइन् ।

उनका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३ सय ६४ वटा फेला परेका छन् । तनहुँमा ३८ वटा शव फेला परेका छन् भने काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार बाढीपहिरोपछि अझै ५ हजार १ सय ३० जना सम्पर्कविहीन छन् ।

मृतकको पहिचानका लागि डीएनए परीक्षणको काम पनि भइरहेको छ । हालसम्म १ हजार २ सय ८६ शवबाट डीएनए नमुना संकलन गरिएको छ । यस्तै, सम्पर्कविहीन व्यक्तिका आफन्तबाट १ हजार ७ सय ५१ वटा डीएनए नमुना संकलन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमार्फत डीएनए नमुना दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि दुईवटा फोटो र नाता प्रमाणित हुने कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?