ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई फिर्ता पठायो

काठमाण्डौ – जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरीमै फिर्ता पठाएको छ ।

Workplace

गएको भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले जाहेरी आयोगको कार्यक्षेत्रमा नपरेकाले जिल्ला प्रहरी परिसर काठमाण्डौमै फिर्ता गरिएको जानकारी दिनुभयो ।

यसअघि जिल्ला प्रहरी परिसर काठमाण्डौमा परेको जाहेरी प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो ।

आयोगले एक विज्ञप्ति निकालेर फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने काम आयोगको कार्यक्षेत्रभित्र नपरेको जनाएको हो  ।

आयोगलाई घटनाको भौतिक एवम् मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटनाको कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी त्यसको यकिन राय सुझाव दिनेसहितको प्रतिवेदन पेस गर्ने र  भौतिक एवम् मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने तथा कारबाही सम्बन्धमा आवश्यक रायदिने कार्यादेश पाएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?