ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीलाई फिर्ता पठायो

काठमाण्डौ – जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरीमै फिर्ता पठाएको छ ।

Workplace

गएको भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले जाहेरी आयोगको कार्यक्षेत्रमा नपरेकाले जिल्ला प्रहरी परिसर काठमाण्डौमै फिर्ता गरिएको जानकारी दिनुभयो ।

- Advertisement -Workplace

यसअघि जिल्ला प्रहरी परिसर काठमाण्डौमा परेको जाहेरी प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो ।

आयोगले एक विज्ञप्ति निकालेर फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने काम आयोगको कार्यक्षेत्रभित्र नपरेको जनाएको हो  ।

आयोगलाई घटनाको भौतिक एवम् मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटनाको कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी त्यसको यकिन राय सुझाव दिनेसहितको प्रतिवेदन पेस गर्ने र  भौतिक एवम् मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने तथा कारबाही सम्बन्धमा आवश्यक रायदिने कार्यादेश पाएको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?