नारायणहिटी आसपास क्षेत्रमा निषेधाज्ञा घोषणा

काठमाडौ – काठमाडौँको नारायणहिटी दरबार संग्रहालय वरपरको क्षेत्रलाई शनिबारदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ।

Workplace

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार आदेश जारी गर्दै सो क्षेत्रभित्र पाँच जनाभन्दा बढी भेला भई अनशन, धर्ना, प्रदर्शन, जुलुस, सभा वा अन्य कुनै प्रकारका विरोध कार्यक्रम गर्न नपाइने व्यवस्था गरिएको जानकारी दिएका हुन्।

निषेधाज्ञा लागू गरिएको क्षेत्र अन्तर्गत केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै पुनः दरबार संग्रहालयको दक्षिण गेटसम्मको क्षेत्र पर्दछ।

स्थानीय शान्ति सुरक्षा तथा सार्वजानिक सुव्यवस्था कायम राख्न निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कानुनी कारवाही गरिने चेतावनी पनि दिइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?