यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ।
  • कोशी, बागमती र गण्डकीका केही क्षेत्रमा आज पनि भारी वर्षाको सम्भावना छ।
  • धादिङको मझिमटारमा हिलोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ।

काठमाडौ – गएराति गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।

Workplace

 

- Advertisement -Workplace

पछिल्लो ६ घण्टामा तनहुँमा ६८ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै गोरखा, लमजुङ, सुनसरी र झापा लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको मौसम महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा पनि गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यसैबीच पृथ्वीराजमार्ग अन्तर्गत धादिङको मझिमटारमा हिलोका कारण अवरुद्ध सडक खुलेको छ ।

 

गएरातिको वर्षाका कारण सडकमा हिलो जम्दा राति गाडी चल्न सकेका थिएनन् । आज बिहानदेखि हिलो पन्छाएपछि  सडकमा दुईतर्फी गाडी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?