ओलीले जेठ १५ गते काठमाडौैं कब्जा खटायो ९५० स्वयंसेवक, पार्टी कार्यालयमा प्रशिक्षण

काठमाडौ – गणतन्त्र दिवसको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा एमालेले ९५० जना स्वयंसेवक खटाएको छ।

Workplace

पार्टी कार्यालयमा बुधबार विभिन्न जनवर्गीय संगठनहरूबाट छानिएका स्वयंसेवकहरूलाई प्रशिक्षणसमेत दिएको हो ।

स्वयंसेवकहरूलाई कार्यक्रमबारे विस्तृतमा जानकारी र खटिने क्षेत्रबारे प्रशिक्षण दिएको छ।

बालुवाटार स्रोतका अनुसार राजावादीहरूसँग मुडभेड नहोस् भनेर कार्यक्रमको सुरक्षार्थ र व्यवस्थापनका लागि ठूलो संख्यामा स्वयंसेवक खटाउन लागिएको हो।

केही दिनअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौैं कब्जा गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।

उनको उत्तेजक अभिव्यक्तिलाई लिएर मानवअधिकार आयोगले समेत चेतावनी दिइसकेको छ। एमालेले कार्यक्रम भाड्न तयारी गरिरहेको भन्दै राजावादीहरू सशंकित भएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?