बाढीबाट प्रभावित नागरिकको पीडालाई लिएर राजनीतिक आरोप–प्रत्यारोप नगरौ: रवि लामिछाने

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढीपीडितको मर्मलाई लिएर राजनीतिक आरोप-प्रत्यारोप नगर्न रवि लामिछानेले आग्रह गरेका छन्।
  • विपद्को समयमा पीडितको आक्रोशलाई सरकारविरुद्धको प्रहार नभई राज्यसँगको गुहारका रूपमा बुझ्नुपर्छ।
  • यस्तो कठिन परिस्थितिमा राजनीतिभन्दा माथि उठेर उद्धार र राहतमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडालाई लिएर राजनीतिक आरोप–प्रत्यारोप नगर्न आग्रह गरेका छन्। उनले विपद्का बेला पीडित नागरिकको आक्रोशलाई सरकारविरुद्धको प्रहार नभई राज्यसँगको अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताए।

Workplace

प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले बाढी तथा पहिरोका कारण सर्वस्व गुमाएका नागरिकको अवस्था अत्यन्तै पीडादायी रहेको उल्लेख गर्दै यस्तो समयमा राजनीतिको रोटी सेक्ने काम गर्न नहुने बताए।

‘यस्तो कहालीलाग्दो विपद्पछि पनि हामीकहाँ विपद्लाई अवसर बनाएर एकअर्कामाथि आरोप–प्रत्यारोप गर्ने र कसलाई कसरी तल खसाल्ने भन्ने रोग देखिन्छ। तर विपद्को बेला राजनीतिको रोटी सेक्ने समय होइन,’ उनले भने।

लामिछानेले विपद्मा परी घरबार, सम्पत्ति, आफन्त र जीवनका आधार गुमाएका नागरिकको पीडा सुरक्षित स्थानमा बसेर अनुभूति गर्न कठिन हुने बताए। आफ्ना आफन्तको अवस्था पत्ता लगाउन आतुर नागरिकले सरकारसँग तत्काल उद्धारको अपेक्षा गर्नु स्वाभाविक भएको उनको भनाइ छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?