नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क संगठन कमिटीको अध्यक्षमा मोतिराज खनालको उम्मेदवारी

समाचार सारांश
Auto Generated by AI
  • नेकपा एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क कमिटीको अध्यक्षमा मोतिराज खनालले उम्मेदवारी घोषणा गरेका छन्।
  • उनीसँग राजनीतिक र सांस्कृतिक क्षेत्रको लामो अनुभव तथा जनआन्दोलनमा घाइते भएको संघर्षपूर्ण इतिहास छ।
  • उनले संगठनलाई एकताबद्ध, सक्रिय र व्यवस्थित बनाउँदै काठमाडौंमा रहेका अर्घाखाँचीवासीलाई जोड्ने प्रतिबद्धता जनाएका छन्।

नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क संगठन कमिटीको अध्यक्षमा मोतिराज खनालको उम्मेदवारी राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा लामो अनुभव, संगठनलाई एकताबद्ध र सक्रिय बनाउने प्रतिबद्धता

Workplace

काठमाडौं। नेकपा एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क संगठन कमिटीको अध्यक्ष पदमा मोतिराज खनालले उम्मेदवारी दिने घोषणा गरेका छन्। यही मंसिर १२ गते हुन गइरहेको संगठन कमिटीको प्रथम अधिवेशनलाई लक्षित गर्दै उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

- Advertisement -Workplace

विद्यार्थी जीवनदेखि नै नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएका खनालले अखिलको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि सम्पर्क मञ्च हुँदै राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय सदस्य तथा सचिवालय सदस्यको जिम्मेवारीमा रहेर काम गरेको अनुभव उनीसँग छ।

पार्टीका विभिन्न राजनीतिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुँदै आएका खनालले जनगायकका रूपमा विभिन्न निर्वाचनका समयमा चुनावी गीत तथा सांस्कृतिक कार्यक्रममार्फत पनि योगदान पुर्‍याएका छन्। गीत, संगीत र सिर्जनालाई सामाजिक चेतना तथा राजनीतिक विचार प्रवाहको माध्यमका रूपमा उपयोग गर्दै आएको उनको भनाइ छ।

२०६२/६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका खनालले उक्त आन्दोलनमा घाइते भएबापत सात राजनीतिक दलका तर्फबाट घाइतेको प्रमाणपत्रसमेत प्राप्त गरेका छन्।

अध्यक्ष पदमा उम्मेदवारी दिनुको मुख्य उद्देश्य संगठनलाई व्यवस्थित, सक्रिय र सबैको साझा संस्था बनाउनु रहेको खनालले बताएका छन्। काठमाडौंमा अध्ययन, रोजगारी, व्यापार तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध अर्घाखाँचीवासी पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई एउटै संगठनात्मक सूत्रमा जोड्ने उनको योजना छ।

अध्यक्षको जिम्मेवारी प्राप्त भएमा संगठनमा सबैलाई समेट्ने, निष्क्रिय रहेका सदस्यलाई सक्रिय बनाउने, नियमित बैठक तथा वैचारिक छलफल सञ्चालन गर्ने र युवा पुस्तालाई संगठनमा जोड्ने विषयलाई प्राथमिकता दिने उनले बताएका छन्।

त्यसैगरी काठमाडौंमा रहेका अर्घाखाँचीवासीबीच आपसी सहयोग र सहकार्यको वातावरण निर्माण गर्ने, समस्या तथा अप्ठ्यारोमा परेका सदस्यलाई सहयोग गर्ने र काठमाडौंमा रहेका जिल्लावासीको ज्ञान, सीप तथा अनुभवलाई जिल्लाको विकाससँग जोड्ने योजना पनि उनले अघि सारेका छन्।

खनालले पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने, अर्घाखाँचीको कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने र संगठनका गतिविधिलाई पारदर्शी तथा सामूहिक नेतृत्वको अवधारणाअनुसार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष पदलाई व्यक्तिगत प्रतिष्ठाभन्दा संगठनप्रतिको जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै उनले अग्रजको अनुभव, समकालीन साथीहरूको सहकार्य र युवा पुस्ताको ऊर्जालाई समेटेर संगठनलाई उदाहरणीय बनाउने लक्ष्य राखेको बताएका छन्।

आगामी मंसिर १२ गते हुने प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका उम्मेदवार खनालले अधिवेशनमा सहभागी प्रतिनिधि तथा सदस्यहरूसँग आफ्नो उम्मेदवारीका पक्षमा समर्थन र सहयोगको अपिल गरेका छन्।

हाम्रो अन्य समाचार सुचना खेल मनोरंजन हेर्न पडनको लागि हाम्रो तल दिएको फेस्बुक पेज follow गरि जोडिन सक्नुहुन्छ धन्यवाद । 👇️👇️

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?