राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

समाचार सारांश
Auto Generated by AI
  • राप्रपा नेता ज्ञानेन्द्र शाहीले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
  • उनले पार्टीमा पुस्तान्तरण आवश्यक रहेको भन्दै वर्तमान अध्यक्षलाई सर्वोच्च नेताको भूमिकामा बस्न सुझाएका छन्।
  • सत्ता केन्द्रित राजनीति त्यागेर पार्टीलाई बलियो राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्ने उनको प्रतिबद्धता छ।

काठमाडौ -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

Workplace

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाहीले आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

- Advertisement -Workplace

उनले पार्टीका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई सर्वोच्च नेताको रुपमा बस्न सुझाव दिए।

उनले पार्टीमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै अग्रजको अनुभव र युवाको नेतृत्व स्थापित गर्न आफू अग्रसर भएको दाबी गरे।

उनले राप्रपालाई सीमित चुनावी उपलब्धि र सत्ता समीकरणमा मात्रै केन्द्रित नराखी राष्ट्रवादी विचारको बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

उनले सांसद बन्नकै लागि कहिले कहिले एमालेसँग, कहिले माओवादीसँग र कहिले कांग्रेससँग मिल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेसमेत बताए।

पार्टीलाई विभाजित नभई एकताबद्ध बनाउनसमेत पार्टीको नेतृत्व र संगठनात्मक सुधार आवश्यक रहेको बताए।

उनले आसन्न महाधिवेशनमार्फत पार्टीको नेतृत्व परिवर्तन गर्न नसके पार्टीले थप क्षति व्यहोर्नुपर्नेसमेत बताए।

राप्रपाको महाधिवेशन मंसिर २६,२७ र २८ गते काठमाडौंमा हुँदै छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?